काठमाडौं । एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको यू–१६ राष्ट्रिय टिमलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्कालगायत क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।
फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको थियो ।
नेपालले लगातार दोस्रो पटक एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको उपाधि जितेको हो ।
विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय यू–१६ टिमले मलेसियामा यो प्रतियोगिता खेलेको थियो । नेपाली टिममा विपिनप्रसाद शर्मा (कप्तान), सूर्यान्शु कोइराला (उपकप्तान), शिवांश बजगाईं (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही थिए
FACEBOOK COMMENTS