काठमाडौं । अन्तरजातीय प्रेमकथामा निर्माण हुने चलचित्र ‘जदौ’ को प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्ध भएकी छिन् । नीति र ‘जदौ’ निर्माताबीच सम्झौता भएको हो ।
काजी लिम्बूको लेखन रहेको चलचित्रको प्रमुख एक अभिनेतामा यसअघि नै मुकुन भुसाल अनुबन्ध भइसकेका छन् ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने चलचित्रको सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको चलचित्रको छायाङ्कन भदौ पहिलो साताबाट हुनेछ ।
बाबुल गिरीको सङ्गीत रहेको चलचित्र दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा खिचिने छ । चलचित्रको प्युठान निर्माण व्यवस्थापक लछुमन भण्डारी छन् ।
सिल्भर स्क्रीनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार, प्राविधिकबारे केही दिनमै विस्तृत जानकारी दिइने बताएकी छिन् ।
FACEBOOK COMMENTS