काठमाडौं । भारतको राज्य सभामा चार जनालाई मनोनित गरिएको छ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राज्यसभाका लागि चार जनालाई मनोनित गरेकी छन् ।
मनोनित हुनेमा उज्ज्वल देवराज निकम, सी. सदानन्दन मास्टर, हर्षवर्धन श्रृंगला र डा. मीनाक्षी जैनलाई राज्यसभाका लागि मनोनित गरिएको छ ।
उज्ज्वल देवराज निकमले भाजपाबाट मुम्बई उत्तर मध्यबाट लोकसभा चुनाव लडेका थिए तर उनी पराजित भएका थिए । अर्कोतर्फ, हर्षवर्धन श्रृंगला पुर्व विदेश सचिव हुन् ।
राष्ट्रपतिले मनोनित सदस्यहरूको अवकाशका कारण रिक्त पदमा चार जनालाई राज्यसभामा मनोनित गरेका छन् ।
भारतको संबिधान अनुसार राष्ट्रपतिले १२ जनालाई राज्यसभामा मनोनित गर्न सक्ने व्यवस्था गरिएको छ । मनोनित हुने व्यक्तिहरू कला, साहित्य र सार्वजनिक सेवाको क्षेत्रमा विशेष योगदान गरेका हुनुपर्ने उल्लेख छ ।
FACEBOOK COMMENTS