काठमाडौं । नेपाल एसबीआई बैंकले आजदेखि ऋणपत्र निष्कासन गरेको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । जसमा १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्ने छ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको “७ प्रतिशत एसबीआई ऋणपत्र २०९०” नामको ऋणपत्र निष्कासन गरेको हो । यसमा एनआइएमबी एस क्यापिटलले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको छ ।
ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त समयसम्म ऋणपत्र बिक्री नभएमा साउन १२ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS