पोखरा । बागलुङमा गएराति बोलेरो पिकअप जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गलकोटका अनुसार गम्भीर घाइते गल्कोट नगरपालिका–६ भुजुङका १७ वर्षीय प्रतिक श्रीसलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका अन्य १५ जनामध्ये चालकसहित सात जनाको गल्कोट नगर अस्पतालमा उपचार भइरहेको छ भने आठ जना उपचारपछि घर फर्किएका छन् ।
गएराति करिब ११ बजे ताराखोला गाउँपालिका–३ पिरेचामा ग१ज ७१८९ नम्बरको बोलेरो पिकअप जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप ताराखोलाबाट गल्कोट हटियातर्फ जाँदै थियो । क्षमताभन्दा बढी यात्रु बोकेको र चालकले नियन्त्रण गुमाउँदा जीप मोटरबाटोबाट करिब ३० मिटर तल खसेको अनुमान गरिएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS