काभ्रे । काभ्रेस्थित बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ । गएराति भएको बर्षाले बीपी राजमार्गका विभिन्न तीन स्थानमा आएको पहिरो र लेदोले राजमार्ग अवरुद्ध भएको हो ।
रोशी गाउँपालिका–११ को माम्तीस्थित बीपी राजमार्ग सडकखण्डमा माम्ती खोलामा सडकमाथिबाट भेल आई सडक कटान गरी बाटो दुईतर्फी अवरुद्ध भएको छ ।
त्यस्तै, गएराति नै काभ्रेको रोशी–९, पिन्थलीस्थित बीपश्री राजमार्ग सडकखण्डमा खहरे खोलाको लेदो आई बाटो दुईतर्फी अवरुद्ध भएको छ ।
यसैगरी, गएराति नै रोशी–९, बिरुवाडाँडास्थित बीपी राजमार्ग सडकखण्डमा खहरे खोलाको लेदो आई बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS