काठमाडौं । तीन लाख रुपैयाँ घुस लिएको आरोप लागेका ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईं विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
उनीसँगै घुस उठाउन सहयोग पुर्याएका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् ।
शाखा अधिकृत प्रसाईंले एकजना शिक्षकको पेन्सनपट्टा बनाउने काममा क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरी तीन लाख रुपैयाँ घुस लिएका थिए । अदालतले प्रसाईंलाई घुस तिने मुख्य अभियुक्तका रूपमा दोषी ठहर गर्दै न्यौपानेलाई ुघुस संकलनमा सहजीकरण गर्ने माध्यमु को रूपमा प्रयोग गरिएको ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरूलाई ६र६ महिना कैद सजाय सुनाएको छ । अदालतले दुबैजनालाई डेढरडेढ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
उनीहरूले लिएको घुस रकम जफत गरिनेछ भने ६र६ हजार रुपैयाँ अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति स्वरूप बुझाउन आदेश दिइएको छ।
प्रसाई एमाले निकट कर्मचारी युनियनका नेता हुन् ।
FACEBOOK COMMENTS