नमस्कार सम्माननीय प्रधानमन्त्रीज्यू !
नमस्कार !
सबैभन्दा पहिले म समयका लागि आभारी छु ।
धन्यवाद ।
अचानक संयोगवस यो अन्तर्वार्ताका लागि मौका मिल्यो, फेरि आभारी छु । थ्याङ्क्यु फर योर टाइम सर !
थ्याङ्क्यु ।
जब अन्तर्वार्ताको प्रस्ताव आयो, मैले अनुरोध गरेको चाँडै स्वीकार पनि भयो । मैले त्यो बखत के सोच्न थालेँ भने नि, प्रधानमन्त्रीज्यू, मलाई आजभोलि अन्तर्वार्ता गर्न खासै जाँगर पनि लाग्दैन ।
म जस्तै हुनुभयो ।
किनभने हाम्रो मुलुकमा अन्तर्वार्ताका दुईवटा शैली विकसित भएका छन् । एउटा अनेक गरेर, अनेक चाकडी गरेर उसलाई अन्तर्वार्ताका निम्ति तयार गर्न ल्याउने, अनि त्यसपछि चिथोर्ने । मलाई मनमा लागेको कुरा भनेको, एउटा चिथोर्ने शैली, अर्को जे पनि मुन्टो हल्याउने, हो हजुर, हो । एस सर, एस म्याडम भनिरहने । म यो दुईवटै काम गर्न अलिकति जाँगर लाग्दैन । उमेरले पनि होला । तथापि आइ फिल गुड द्याट आइ क्यान टक टु युु । सुरुवात म कहाँबाट गर्न चाहन्छु भने प्रधानमन्त्रीज्यू, केही वर्ष अगाडि म अन्नपूर्ण पोष्टमा ग्रुप एडिटर हुँदाखेरी चुनावको बखत थियो । दिउँसो तपार्ईंंसँग यात्रा गर्ने मौका पनि पाएको थिएँ । साँझ दश बजे तपार्ईंंले अन्तर्वार्ता दिनुभएको थियो । तपार्ईंंले सुरुवातमा के भन्नुभयो भने, कि विजय म तिमीलाई हरिभक्त कटुवालको एउटा कविता सुनाउँछु् भन्नु भएको थियो अन्तर्वार्ता सुरु हुनुभन्दा अगाडि, जुनलाई धेरै नजिकबाट नहेर, त्यसमा दाग देखिन्छ है, दाग देखियो भने फेरि फेरि हेर्न मन लाग्दैन भनेर । आज संयोगवस अन्तर्वार्ताको संयोग मिलेको छ । मलाई मनमा के लागिरहेको छ भने, तपार्ईंंलाई के सोधौं, के नसोधौं होइन, संसारमा शब्दहरूको, अन्तर्वार्ताहरूको अर्थहीनता बढ्दैछ, नेपालमा मात्रै होइन । अमेरिकामा त्यत्रो आज बोलेको कुरा भोलि ठेगान छैन, भोलि बोलेको पर्सी ठेगान छैन । कस्तो कस्तो लाग्छ, आजको संसार तपार्ईंंले नियाल्दा, आजको नेपालको परिस्थितिको नेपाल नियाल्दा तपार्ईंंलाई कस्तो महशुस हुन्छ भनेको, यो मैले खाली मनमा आउँदा सोचिराखेको, कहाँ आइपुग्यौं हामीहरू ? संसार अनि नेपाल ? हुन त यहाँ मान्छेहरूलाई चिथोर्ने प्रश्नहरूको अपेक्षा होला । विद्यादेवी भण्डारीको बारेमा तपार्ईंंको के विचार छ, रवि लामिछानेको विषयमा के विचार छ, त्यसलाई एकछिन् पर राखौं । म त्योभन्दा अलिक बृहत् कुराबाट सुरु गर्न चाहन्छु ।
हामीले राष्ट्रिय हिसाबले र विश्वव्यापी हिसाबले पनि मानव जातिले असाधारण विकास गरेको छ, प्रगति गरेको छ । यो धेरै राम्रो कुरा हो, पहिलो कुरा । प्रगति सामाजिक प्रबन्ध र सुप्रबन्धका हिसाबले, आर्थिक जीवनका हिसाबले समग्र सामाजिक उन्नति र प्रगतिका हिसाबले ठूलो प्रगति गरेको छ । खुसीको कुरा हो । तर, यो प्रगतिको सदुपयोग हुन पाएको भए, यस प्रगतिलाई समग्र मानव जातिको हितको पक्षमा, अशान्ति होइन, शान्तिको पक्षमा, त्रास होइन, ठुक्क हुने स्थितिको, एउटा सुरक्षित महशुस हुने स्थितिको पक्षमा प्रयोग गर्न सकेको भए, त्यस विपरीतको बाटो नलागेको भए यो संसार साँच्चै सुन्दर हुन्थ्यो । आज जति मान्छे न्युनतम् वा आधारभूत आवश्यकताहरूको परिपूर्ति नभएर साँच्चैको तड्पिने स्थितिमा छन् । त्यो स्थिति अन्त्य गर्न सकिन्थ्यो, योभन्दा अगाडि पनि सकिन्थ्यो र अहिलेसम्म राम्रो गर्न सकिन्थ्यो ।
अन द होल्ड तपार्ईंंले कस्तो फिल गर्नु हुन्छ, एज अ प्राइमिनिस्टर अफ द कन्ट्री अथवा मानिसको रूपमा उकुसमुकुस छ नि । तपार्ईंंले भन्नुभयो नि, भौतिकरूपमा भन्ने हो भने पनि नेपालमा पहिलाभन्दा बेटर छ नढाटी भन्ने हो भने, संसारमा पनि बेटर छ,
धेरै राम्रो प्रगति छ ।
तर, यति हुँदा हुँदै पनि उकुसमुकुस छ । तपार्ईंंलाई एउटा मात्रै कुरा जसले बदर गर्छ, त्यो चाहिँ के हो ?
मान्छे अनावश्यक स्वार्थी भयो र मानवतालाई महत्व कम दिन थाल्यो स्वार्थको कारणले । र मान्छे हिंस्रक परपीडक हुन थाल्यो पहिलेभन्दा बढी ।
त्यो स्वार्थी मान्छेको लिस्टमा तपार्ईंं पर्नुहुन्छ कि पर्नु हुन्न ?
यो मैले नै भन्दा अलिक असजिलो लाग्न सक्छ । तर यदि बोल्नै पर्छ भनेर तपार्ईंं भन्नुहुन्छ भने, म आफ्नो निजी स्वार्थका लागि काम गरिराखेको छैन ।
मानिसले आफूले आफूलाई हेर्नु गाह्रो हुन्छ ।
म तपार्ईंंलाई हेर्नु भन्छु । तथ्य प्रमाण र तर्कहरूको साथ तपार्ईंंले मलाई हेर्नुस् भन्छु र तपार्ईंंले जज गर्नुस् भन्छु । तपार्ईंं मेरो अगाडि नै जज गर्नुस् ।
मलाई चाहिँ कसैलाई पनि जज गर्न आजभोलि गाह्रो किन भइराखेको छ भने, जवानीमा म सजिलै जज गरिदिन्थे मानिसहरूलाई होइन, पञ्चायत व्यवस्था थियो । यो व्यवस्था गएपछि नेपालमा रामराज्य आउँछ, हामीहरू विमर्श चलाउन्थ्यौं । पद्म ठकुरीलाई गोली लाग्यो, रातभर म स्टोलको छेउमा बसें । उसलाई हेर्न अस्पतालमा । पञ्चायत व्यवस्था गयो, रामराज्य आएन । त्यसपछि के भन्ने भयो भने, अब यो गणतन्त्र आएपछि रामराज्य आउँछ भने । त्यसबेला पनि मैले मेरो जीवनका सत्यहरू पटकपटक बदलिए के प्रधानमन्त्रीजी । मलाई एउटै मान्छे कहिले राम जस्तो, कहिले रावण जस्तो, कहिले नारद जस्तो लाग्यो । आजभोलि म जज छोडेर अन्डरस्टान्ड अझै बुझ्औं भन्ने प्रयत्न गर्छु के ।
म राम्रो ।
यो सेतो र कालोको विभाजनको जुन पत्रकारिता मैले जीवनको कुनै कालखण्डमा गरे होला, यतिको त हैन है, तर आजको जस्तो मैले पञ्चायतकालको पनि तपार्ईंंसँग इन्टभ्युहरू गरेको छु । अहिलेको जस्तो चिथोर्ने अगाडि जो हो, त्यो चिथोरिन जाने पनि किन होला ? त्यो पनि मैले बुझ्न सक्दिनँ । पब्लिसिटीको मूल्य यत्ति पनि हुन हुँदैन कि अस्ति वामदेवलाई हेर्दै थिएँ विचारा, त्यति खराब त होइनन् के बुढा..
जति अगाडि राखेर चिथोरेको छ…
चिथोरिन नै जानी पनि, चिर्थोछ भन्ने त्यो थाहा भएपछि पनि आई रियल्ली डन नो, एउटा साह्रैै टिप्पणी पनि सुनिन्छ, तर त्यससँगै पब्लिसिटीको लोभ यति छ रे कयौं मान्छेहरूलाई कि कमोडको पारी पट्टि क्यामेरा छ भने कमोडमै टाउको डुबाउनु पनि यो अहिलेको फेरि नेपालको मात्रै होइन, आई डन्ट नो ह्वाइ द पिपल आर सो क्रेजी अबाउट पब्लिसिटी । म मूल विषयमा फर्किन्छु प्रधानमन्त्रीज्यू । आजभोलि बुझ्न अलि बढी खोज्छु । यो तपार्ईंंलाई भनौं कसरी जज गर्छ भनेर । मलाई तपार्ईंंलाई जज गर्न गाह्रो छ किनभने तपार्ईंं नेपालको इतिहासको एउटा अद्भुत पात्र हुनुहुन्छ । मिश्रित भावनाहरू छन् तपार्ईंंकाप्रति मेरो मनमा । तपार्ईंं हाम्रो स्वतन्त्रताको लागि चौध वर्ष जेल बस्नु भएको छ । अर्काले लडेर ल्याइदिएको स्वतन्त्रतामा नाँच्ने अथवा मनमौजी भन्ने कसैको अर्को व्यक्तिको स्वतन्त्रता होला, तर मलाई फ्याट्टै केही कमेन्ट गर्न केही अलिकति अप्ठ्यारो लाग्छ । त्यो हो । र साथै, तपार्ईंंले आज प्राइममिनिस्टर प्रोब्याब्ली यु कुड हाभ डन बेटर जस्तो लाग्छ मलाई । मेरो मिश्रित भावनाहरू छन् तपार्ईंंकाप्रति, फेरि तपार्ईंंले नेपालको परराष्ट्र नीतिमा दिनुभएको एउटा अभूतपूर्व डिरेक्सन छ । कसैलाई चित्त बुझोस् या नबुझोस्, अब नेपालको परराष्ट्र नीतिको जुन फन्डामेन्टल्स तपार्ईंंले परिवर्तन गरिदिनुभएको छ अथवा त्यसलाई दिशानिर्देश गर्नुभएको छ, त्यो आफ्नो ठाँउमा छ फेरि । मिश्रित भावनाहरू छन् । तपार्ईंं एउटा अद्भुत पात्र हुनुहुन्छ । म एक एउटा छोटोमा व्यक्त गर्न सक्दिनँ । नजरअन्दाज गर्न सकिन्नँ तपार्ईंंलाई । तर म चाहन्छु कि कुनै पनि खेलको, नो मैटर हाउ ग्रान्ड द शो इज और हाउ ग्रान्ड द शोमेन इज, उसले विस्तारै ओर्लिनुपर्छ । मिश्रित भावनाहरू छन् है, म अलिकति बहकीराखेको छु तपार्ईंंसँग कुरा गर्दा…
ठिक छ ।
तर मैले बताउनु पनि पर्छ तपार्ईंंले सोध्नुभयो । त्यसकारणले गर्दा म चाहिँ अपेक्षा गर्छु कि नेपालमा तपार्ईंंलाई मात्र होइन, हरेक मान्छेलाई हरेक मान्छेले बुझ्ने कोसिस गरोस् कि हाम्रो आई थिंक वि जज वि आर ब्लिडिंग विथ जजमेन्ट भन्छ नि, हाम्रो एक अर्काका प्रति, वि आर ब्लिडिंग विथ जजमेन्ट । तपार्ईंंले एकचोटी आफूलाई फर्केर तपार्ईंं एकचोटी हेर्नुस्, कस्तो महसुस हुन्छ ? हाउ डु यु फिल ? त्यो जेलदेखि यहाँसम्म आइपुग्दा एकदम संक्षेपमा…
मैले इमानदारिताका साथ काम गरेको छु । देशप्रति मैले इमानदार रहनुपर्छ भन्ने मेरो मान्यता हो । त्यस मूल्यमा म सधैं अडेको छु । जनताप्रति, जनताको बृहत्तर हितप्रति, राष्ट्रिय हितप्रति र मैले देशको लिडर गर्ने मौका पाउँदा आन्तरिक नीति वा बाह्य नीति, शासन व्यवस्थालाई सुशासनमा रूपान्तरण गर्ने र विकासको कुरालाई योजनाबद्ध ढंगले कहाँ जाने हो भन्ने गन्तव्य तय गरेर न्यायपूर्ण र विकसित व्यवस्था, विकसित पनि होस्, न्यायपूर्ण पनि होस्, विकसित त छ तर अन्यायपूर्ण होइन । विकसित पनि हुनु पर्यो र न्यायपूर्ण पनि हुनु पर्यो । त्यो व्यवस्था स्थापना गर्न मैले इमानदार प्रयास गरेको छु । त्यसकारण मैले विभिन्न क्षेत्रमा नयाँ पोलिसीहरू र वास्तवमा हामीले यो बाटो लिनु पर्छ भनेर पोलिसीहरू तय गर्ने र तिनको कार्यान्वयन गर्ने गरेको छु । काम गर्न सजिलो छैन । किनभने जनतालाई अल्मल्याउने शक्तिहरू त काफी छन् । विभिन्न स्वार्थ हावी भएपछि स्वार्थले त सबैलाई काम गरेको हुन्छ र गरेको छ । स्वार्थ पनि कस्तो भने इष्र्यागत स्वार्थहरू, अहंकारले बनेका स्वार्थहरू, इगोले पैदा भएका स्वार्थहरू, डाह अरुको प्रगति भयो भन्ने । तपार्ईंं मेरो सम्बन्धमा दुई शब्द सकारात्मक बोल्नुभयो भने विजय पाण्डे पनि झोले भएछ । के बिग्रिएको ? बिग्रिनुसम्म बिग्रिएछ । यस्तो बिग्रिएला जस्तो लाग्या थिएन, बिग्रिएछ । खतमै भएछ भनेर भरेबाट टिप्पणी सुरु हुन्छ ।
मान्छेले आफूले आफूलाई अवलोकन गर्न त्यति सजिलो चिज चै होइन । म तपार्ईंंलाई यति मात्रै भनिराखेको छु । तपार्ईंंको नजरमा तपार्ईंंको आफ्ना कमजोरीहरू के छन् ? जस्तो तपार्ईंंले मलाई सोध्नुभयो भयो भने म मेरा कमजोरी भन्न सक्छु । तपार्ईंंको नजरमा आफ्नो कमजोरी के छन् ?
म मानिसले भनेपछि विश्वास गर्छु । कहिले कहिले धोका खान्छु । अर्को, म एकदम हरेक गोल मिस नगरी पोस्टमा हान्ने खेलाडी होइन । मेरा थुप्रै गोलहरू मिस हुन्छन् । म आफू त्यो त्यस्तो खेलाडी अथवा अरूभन्दा कुनै विशिष्ट व्यक्तित्व, विशिष्ट व्यक्ति, विशिष्ट जानकार, विशिष्ट बुद्धिमान त्यस्तो केही ठान्दिनँ । अलिक बुद्धि कम भएको मान्छे हुँ, इमान बढी भएको हुँ । म कस्तो भने, कहिले कहिले अलिकति भावनाले काम गर्छु । त्यो भावनाले गर्दा मलाई त्यो भावनामा अलिक मानिसहरूप्रति बढी विश्वस्त हुने अथवा त्यस्तो कुराहरूमा कहिले कहिले मैले बढ्तै विश्वास गरेर धोका पाउने ।
तपार्ईंंले जो भन्दै हुनुहुन्छ कि तपार्ईंंको कमजोरीमा तपार्ईंं सजिलै विश्वास गर्ने मानिस हुनुहुन्छ भनेर भन्नुभयो । सजिलै विश्वास गर्ने मानिस भनेपछि त तपार्ईंंले आफ्नो वरिपरीको सर्कल हेर्नुपर्यो । राइट सर, द पिपुल यु आर सराउण्डेड विथ ।
त्यति मात्र होइन ।
यो बालुबाटारमा एकचोटी कृष्णप्रसाद भट्टराइले मलाई के भन्नुहुन्थ्यो भने नि, यो बालुबाटारभन्दा अगाडि प्रसंग वस तपार्ईंंकै किताबको उद्घाटनमा मलाई दुई शब्द बोल्ने मौका दिनुभएको थियो । मैले यो बालुबाटारको कोठा कोठामा रक्सी खाएर छादेको छु भने मैले त्यसै । मेरो निहित अर्थ के थियो भने आई नो दिस सो वेल, इच एन्ड एवरी रुम भन्ने थ्यो । मैले प्रतीकमा बोलेको, रक्सी त जम्मा यहाँ मैले छ प्याक खाएको छु साँचै भन्दा । शेरबहादुर देउवाको पालामा चार प्याक, किसुनजीको पालामा दुई प्याक । बाहिर खाइयो होला । खैर, तपार्ईंंको अघिको सन्दर्भमा किसुनजीले के भन्नुहुन्थ्यो भने कि यो बालुवाटारमा बस्ने मान्छेले यहाँको मुखियाले या प्रधानमन्त्रीले यसले नजिकको चश्मा चाहिँ एकदम बलियो लगाउनु पर्छ । त्यसैले अघि पनि भन्नुभयो नि, म मान्छेलाई पत्यार गरी हाल्छु भनेर । तपार्ईंंको नजिकको चश्माको क्षमतामा तपार्ईंंलाई कस्तो लाग्छ ? किनभने एउटा प्राइम मिनिस्टर भएपछि उसको एउटा सर्कल हुन्छ, उसको एउटा सेक्रेटेरी हुन्छ ।
मैले विश्वास गर्छु ।
अथवा तपार्ईंंका राजनीतिक कलिक्सहरू होला अथवा तपार्ईंंका सामाजिक सम्बन्धहरू होला…
मैले विश्वास गर्छु र म के ठान्छु भने, मेरो नजरिया ठीक छ–यस सम्बन्धमा । मेरो हेराई ठीक छ । मेरो मूल्याङ्कन ठीक छ । अब कहिले कहिले कालान्तरमा गएर एस्तो के ठानेको, के निक्लियो जस्तो मैले त्यो पाउछु । कहिले कहिले मैले शंकाको लाभ दिएर फेरि विश्वास गर्छु मान्छेहरूलाई । मैले थुप्रैलाई त्यसरी विश्वास गरेको छु । विश्वास गर्न नहुने खालका मान्छेहरूलाई अब मलाई विश्वास गर्नुस् भनेपछि विश्वास गरेको छु । तर त्यो शंकाको लाभ पछि दुरूपयोग हुन्छ ।
तपार्ईं आफ्नो विपक्षीहरूप्रति, दुष्ट हुनुहुन्छ एकदम, भिकोइस भन्छ नि, एकदम निर्मम हुनुहुन्छ भनेर मैले भने, त्योसही हुन्छ या गलत हुन्छ ? जस्तो, उदाहरणका लागि माधव नेपाल..
उहाँँ मेरो विरोधी… हो र ?
को ?
माधव नेपाल । एउटा तपार्ईंंले के बुझ्नुस् भने नि, प्रतिस्पर्धा नेपाली कांग्रेस र हाम्रो बीचमा छ राजनीति रूपमा । वैचारिक भिन्नता छ, दार्शनिक र राजनीतिक भिन्नता छ । अलिकति अब, अलिकति क्लास आउटलुकको भिन्नता होला, स्वार्थहरूको भिन्नता होला । तर नेपाली कांग्रेस र एमाले फेरि प्रतिस्पर्धी पार्टी पनि हुन् नि । अनि, मेरो सबैभन्दा निकट सम्बन्ध शेरबहादुर देउवाजीसँग छ, विश्वासको सम्बन्ध छ ।
हाल… हाल !
मेरो तर्फबाट सँधैैका लागि, उहाँँले अन्यथा नगरेसम्म मेरो तर्फबाट सदैका लागि । उहाँँले अन्यथा गरेपछि त फेरि एउटै हात राखेर ताली बजाउ भन्दा कसरी बज्छ र ! मेरो हात यस्तै हुन्छ । अर्कोले हात झिकिसकेको हुन्छ भने त बेग्लै कुरा हो । अदरवाइज मेरो तर्फबाट…
सम्बन्ध त तपार्ईंंको स्वर्ग जाने र नर्क जाने भनेर प्रचण्डजीसँग पनि थियो नि ?
स्वर्ग जाने नर्क जाने सम्बन्ध थियोे । भन्नुभएको हो, उहाँँले पनि धेरै पल्ट भन्नु भएको हो । …धेरै पल्ट धोका दिनुभएको हो । स्वर्ग जाने, नर्क जाने, हाम्रो विषयमा मौखिक मात्रै होएन । त्यै शब्दमा लिखितम् नगरे पनि धेरै शब्दमा धेरै पल्ट लिखितम् गरेका हौं । पछि, ती लिखितम्हरू अर्थहीन भएर गएका हुन् र नभएका कुराहरू पछि आएका हुन् । तपार्ईंंले यो पछिल्लो पल्ट उहाँँले पार्लियामेन्टमा बोलेको सुन्नु भयो होला ।
सुन्दिनँ, मोटामोटी कुराहरू मात्रै थाहा हुन्छ, मलाई ।
त्यही मोटामोटी थाहा हुँदा पुग्छ । उहाँँले मोटामोटी जे भन्नु भयो नि, त्यहाँ….
यहाँ कोही पनि मान्छेले पाँच वर्षपछि उसको कुरा सुन्यो भने पनि खासै केही…
त्यसो भएर उहाँँले जे जसरी प्रस्तुत गर्नुभयोे, त्यसले बताउँछ– उहाँँभित्र के छ भन्ने कुरा । हिजो पनि देखिए ।
उहाँँलाई एकछिन् छोडिदिऊ । तपार्ईंको अघि हामी कमजोरीहरूको कुरा गर्दै थियौँ । तपार्ईंंले भन्नु भयो कि म मान्छेलाई विश्वास गर्छु । म यो भन्दैछु कि तपाईंलाई सायद आफ्नो सर्कल छान्न आउँदैन होला ?
त्यस्तो होइन । सर्कल भनेको मैले विश्वास भनेको मैले निकटवर्तीहरूको मात्रै कुरा गर्दिनँ, परिवारको मात्रै कुरा गर्दिनँ, साथीभाइको मात्रै कुरा गर्दिनँ । अलिक परसम्मका सम्बन्धहरूमा पनि मैले विश्वास गर्छु । जस्तो के भने, मैले तपार्ईंंसँग मेरो खासै लेनदेन आदि इत्यादि त केही छैन ।
केही छैन, तपार्ईंले मलाई एकचोटी त्यो एउटा चिया दिइनुभएको थियो । त्यो तपार्ईंंलाई कोही चाइनिज डिग्निटरीले दिएको थियो ।
हो ।
त्यो एकदमै राम्रो थियो । ब्रिफकेसमा थियो त्यो चिया ।
अच्छा!
तपार्ईंंले मलाई ब्रिफकेसमा दिइराखेको तस्बिर बाहिर आयो भने म मरेपछि त्यो चिया थियो भनेर बुझिदिनुहुनु दर्शकलाई, किनभने केपी ओलीले यसलाई ब्रिफकेसमा… (हाँसो) । तपार्ईंं त ठट्टा गरेर माथि यो पनि भन्नुभएको थियो कि एकचोटी यसलाई हल्लाउँदै तलबाट जा भनेर…
अर्थात् तपार्ईंं र मेरो सम्बन्ध कति रहेछ भने एकपल्ट चिया दिएको कुरो पनि तपार्ईंंले सम्झनु भएको छ । त्योभन्दा न भूत, न भविष्य । त्यो भन्दा अगाडि पनि केही दिएको रहेनछ, पछि पनि दिएको रहेनछ । कुनै सम्बन्ध लिनु न दिनु, गोरु बेचेको साइनो पनि रहेनछ भनेपछि एकपल्ट चिया दिएको…
तपार्ईंंले यो एउटा मेरो रुख पनि लाइदिनु भएको थियो । यहाँ बालुवाटारमा ।
बालुवाटारमा तपार्ईंंको रुख छ ।
तपार्ईंं यहाँ बसे पनि नबसे पनि पनि त्यो रुख त एउटा बसिराखेको छ ।
तर त्यति हुँदा पनि म तपार्ईंंलाई विश्वास गर्छु । अब किन विश्वास गर्छु भन्दाखेरी तपार्ईंंले मलाई के दिनुभएको छ, मैले तपार्ईंंलाई के दिएको छु भनेर त यो विश्वासको कुरो होइन नि, विश्वासको कुरा भनेको यु आर अ गुड पर्सन, गुड म्यान । मलाई त्यो लाग्यो । त्यसकारण मैले विश्वास गर्छु । त्यसमा अन्यथा नभएसम्म फरक नपरेसम्म तपार्ईंं विश्वास कायम राख्ने भए । तर कहिले कहिले मान्छेहरूमा, तपार्ईंंको मामला त्यस्तो नहोस् म चाहन्छु । कहिले कहिले कोही कोही मान्छेहरूका ठाउँमा एउटा चिज ठानिराखेको हुन्छ नि मान्छेलाई, मसँगको कारोबारमा धोका दियो भन्ने मात्र कुरा होइन, कि मैले जो मान्छेलाई जे ठानेको हुन्छु, त्यो मान्छे परलोकको अर्को पनि निस्किन्छ । चिनियाँ नाटक जस्तो नि, चिनियाँ नाटक एउटा कस्तो नाटक छ भने एकपल्ट यस्तो टाउको हल्लाउँछ बादशाह भएर निस्किन्छ । अर्कोपल्ट यस्तो गर्दाखेरि क्वीन भएर निस्किन्छ, त्यहाँ । अर्को पटके टाउको हल्लाउदाखेरि अर्को भएर निस्किन्छ । यस्तो टाउको हल्लाउदाखेरि फेरि अर्को भएर निस्किन्छ । टाउको हल्लाउन नपाइकन मान्छे अर्कै देखिन्छ । आश्चर्यचकित, जेन्डर पनि परिवर्तन भएको छ, त्यो पनि देखिएको छ, रंग पनि परिवर्तन भएको छ, उमेर परिवर्तन भएको छ ।
एनिवे वे, तपार्ईंंले चाहिँ आफ्नो कमजोरी खासै नलाग्दो रहेछ । इज भेरी डिफिकल्ट फर यु टु एक्सेप्ट योर फल्ट्स आई थिंक ।
अँ–मैले जानेर कुनै कुकर्म गर्दिनँ, कहिल्यै । जानेर असत्यको बाटो हिंड्दिनँ । त्यसो भएर मैले सिम्प्ली भने नि, कहिले कहिले गल्तीहरू भएका होलान् । तर यो देशको विरुद्ध कहिले गल्ती भएको छैन, जनताविरुद्ध कहिले गल्ती भएको छैन । मैले गल्ती गरेको छैन, कहीं बेइमानी मैले गरेको छैन ।
प्रधानमन्त्रीको पद फेरि यस्तो पद हो, तपार्ईंंले गल्ती नगरेपनि पनि तपार्ईंंले गर्न सक्ने जति गर्नुभएन भने पनि त्यसलाई हामी गल्ती भनौँ कि त्यसलाई चाहिँ हामी उपलब्धि हासिल गर्नुपर्ने जति नसकेको हो…
नसकेको, नसकेको भन्न सकिन्छ ।
द्याट यु अग्री, हैन ? यु कुड ह्याभ डन मोर । मलाई पनि त्यस्तो लाग्छ कि देशको प्रख्यात उद्योगपतिसँग म थिएँ, करदाता पनि ठूलो फेरि, उद्योगपति त धेरै छन्, लार्जेस्ट करदाता । उनले के भनेभन्दा ओलीजी कुड हाभ डन मोर विथ हिज अथरिटी, त्यो पुरानो तपार्ईंंको जब प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यस वखतमा…
उहाँले अलिकति के नबुझेको हो भने नि, यो देशमा अहिले पनि व्यवस्था राम्ररी थिग्रिसकेको छैन । व्यवस्था त हामीले ल्यायौ, संविधानको पनि व्यवस्था गर्यौ । संविधानै पनि व्यवहारले देखाएको छ, थिग्रिसकेको छैन । र यस देशमा म मात्रै छैन । पावर एक्सरसाइज, कार्यकारी पावर एक्सरसाइज पनि कार्यकारिणीले मात्रै गरिराखेको छैन, यस देशमा ।
यहाँ ठ्याक्कै भन्न सकिँदैन कि कार्यकारीसँग कति कार्यकारी अधिकार छ, जुडिसीरीसँग कति छ, अथवा लेजेस्ट्रेसीसँग कति छ अथवा तपार्ईंंले क्रिएट गरेका संवैधानिक निकायहरू छन्, रियली डु नट नो ।
हो, त्यसो भएर मान्छेले यसो हेर्दा कार्यकारी प्रमुखले किन गर्न सक्दैन ? मन्त्रिपरिषद्ले गर्न नसक्ने के छ ? मन्त्रिपरिषद् यति बलियो छ किन गर्न सक्दैन भन्ने । यसका थुप्रै पाटाहरू छन् । मैले कोलिशन कल्चर मात्र नै होइन, कोलिशन अन्डरट्यान्डिङ राख्नुपर्छ अहिलेको अवस्थामा । नत्र देशमा ठूलो इन–एस्टेबिलिटी फेरि सुरु हुन्छ । त्यसो भएर त्यसलाई रोक्नका लागि थुप्रै कामहरू गर्नुपर्छ । अर्को, यस देशमा अन्य निकायहरू पनि छन् । अंगहरू छन्, संवैधानिक अंगहरू, जसले आफ्ना–आफ्ना ठाउँमा बसेर कति काम गर्छन्, ठाउँ छोडेर कति काम गर्छन्, त्यो अझै हामी अभ्यासको क्रममा छांै । त्यो थिक्रिदै जाने, त्यो परिमार्जित हुँदै जाने अभ्यासमा छ ।
यो चाहिँ साह्रै महत्वपूर्ण कुरा अहिले बताउनुभयो प्रधानमन्त्रीजीले, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा चाहिनेभन्दा बढ्ता चिजहरू ठोकिराखेको छन् हाम्रो समाजमा । व्यवस्थापिकामा कानुनहरू अड्किराखेका छन्, हैन । सो यु आर नट वान्ली द पर्सन, हैन । नेपालको प्रधानमन्त्रीको सीमाहरू के छन्, यो संविधानअन्तर्गत?
पहिलो कुरा त, नेपालको प्रधानमन्त्री भनेको खास अधिकारप्राप्त प्रधानमन्त्री नै कभीकभार मात्रै हुन सकेको छ । ०४८ मा अलिकति हुन सक्यो ।
गिरिजाबाबु हुँदा ?
गिरिजाबाबु हुँदा । किनभने उहाँँसँग मेजरिटी थियो । आफ्नो एकल पार्टीको मेजरिटी थियो । दोस्रो, मिलीजुली सरकार थिएन, एकल सरकार कमसेकम थियो अल्पमतको भएपनि, थोरै समय भएपनि एमालेको–मनमोहनजीको नेतृत्वमा । त्यसपछि, गिरिजाप्रसाद कोइरालाजी, किसुनजीहरूले नेतृत्व गर्नुभयो अलि समय । उहाँहरूको बहुमतको सरकार थियो, ०५६ मा । त्यस यता बहुमतको एउटा एक ढंगले भन्ने हो भने जवान नै रह्यो । यो ०५२ भन्दा पछि देशमा अर्कै परिस्थिति बढ्यो फेरि ।
माओवादीको अर्कै वाचा सुरु भयो ।
माओवादी पैदा भएपछि त अर्कै परिस्थिति, डेमोक्रेसी स्ट्रेंथेन हुने होइन कि, डेमोक्रेसी माथि प्रहारको जमाना सुरु भयो । अर्को ढंगले प्रहार, एउटा दक्षिणपन्थी प्रहार थियो । अर्को उग्रवामपन्थी प्रहार, उग्रदक्षिणपन्थबाट उग्रवामपन्थ प्रहारमा गयो डेमोक्रेसीमाथि । अब त्यस स्थितिले धेरै चिजलाई खलबलाइदियो । जो डेमोक्रेसी खलबलाउने, उसैले सरकार प्राप्त गर्ने, सरकारको नेतृत्व प्राप्त गर्ने र त्यहाँ बसेर बेथिति शुरु गर्ने अवस्था पनि बन्यो ।
यसमा के भयो नि, तपार्ईंंले अगि शृङ्खलाबद्धरूपमा यो देशमा बलियो सरकार थोरै चोटी आएको छ भने, एकचोटी फेरि तपार्ईंंसँग आयो नि । तपार्ईंं र प्रचण्डजी मिलेर जो बलियो आयो नि, तपार्ईंंले निकै चीजहरू चेञ्ज गर्न सक्नुहुन्थ्यो, भनेको मैले ।
गरिएको छ ।
त्यो प्रचण्डजी र तपार्ईंंको जो सिङ्गल पार्टी सरकार थियो ।
म प्रधानमन्त्री हुँदा त्यतिबेला सिङ्गल थियो । यद्यपि त्यहाँ पार्टी एकीकरण गरे पनि पार्टी एकीकृत भएको थिएन । पार्टी दुईवटा ल्याएर एक ठाउँ राखेको मात्रै हो । त्यो मिक्सअप भएको थिएन । त्यसो भएर त्यो परिस्थिति एकदम बहुमत जस्तो झन्डै दुई तिहाइको अवस्था त थियो । तर त्यसरी काम गर्न पाउने अवस्था थिएन । दुईवटा पार्टीको दुई वेग्लै वेग्लै खालको स्थिति थियो ।
मलाई तपार्ईंंलाई अनेस्ट्ली भन्नुपर्दा खेरी, आई फिल इन हाइंडसाइट, कि तपार्ईंं त्यहँ चुक्नुभयो वा अपेक्षाकृत आशा थियो कि मान्छेको यत्रो बलियो सरकार छ । नतिजाहरू आएनन् ?
नतिजा आएनन् भनेको केमा नतिजा आएनन् ?
अपेक्षाकृत, यो लामो डिस्कशन हुन्छ, हैन ?
त्यसको म एकदम तयारै छु । जस्तो, पोलिटिक्समा त्यत्रो इन–स्टेबिलिटीका प्रयास जति भएनि, त्यसका बावजुद त्यो मैले धेरै मेहनतले त्यतिबेला त्यस्तो परिस्थितिमा स्टाबिलिटी कायम गरेको हो । अब त्यसभित्र पोलिटिकल स्टेबिलिटी एउटा, दोस्रो, इकोनोमिक डेभलपमेन्ट, गुड गभर्नेन्स, मुख्य कुरा यी तिनवटा पक्ष । त्यसका लागि पूर्वसर्त पोलिटिकल स्टेबिलिटी मेरो सधैं जोड राख्ने कुरा त्यो हो । त्यतिबेला कम्पेरेटिवली स्टेबल सरकार थियो । अर्को, हुन त अब पछि सबैले लागेर फेरि कस्तोभित्र काम गरिराखेको थियौँ म भन्नि कुरा त त्यो पछि प्रकट भयो नि, खुलस्तै भयो नि, त्यो त बाहिरै आयो नि । त्यसमा पार्टी के हालतमा थियो भन्ने कुरा पनि त्यहाँ देखियो ।
तपार्ईंं यो बताउँदै हुनुहुन्छ कि नेपालमा प्रधानमन्त्रीका सीमाहरू छन् भन्ने मैले जो सवाल थियो, त्यसमा तपार्ईंं के भन्दै हुनुहुन्छ भने नेपालमा फुल फ्लेजेड काम गर्न सक्ने प्रधानमन्त्री आएको अवस्थाहरू एकदम कम छ, एक । दुई, तपार्ईंंले के भन्नुभयो भने, कि नेपालमा जो कार्यकारीको प्रमुख छ, त्यो वर्तमान संवैधानिक व्यवस्थाअन्तर्गत यो न्यायपालिकाको क्षेत्राधिकार अथवा व्यवस्थापिका क्षेत्राधिकार यो ओवरल्यापिंग छ नि, यो थिग्रिने प्रोसेस जारी छ ।
एउटा स्टेबल भइसकेको अवस्था छैन ?
स्टेबल भइसकेको अवस्था छैन ।
त्यो सन्दर्भमा प्रधानमन्त्रीज्यूलाई अर्को सवाल के आउँछ भने कि एउटा राष्ट्रिय नेताको हिसाबले के हामीले जुन संविधान बनाएका छौँ, यो संविधानको निर्वाचन प्रणालीमा त इनबिल्ट, जुन दिन यो जन्म्यो, यसले जन्मजात मेरा नजरमा केही अप्ठ्याराहरू अथवा अवगुणहरू, तपार्ईंं जुनसुकै शब्द प्रयोग गर्न सक्नुहुन्छ अथवा एनोमलीजहरू, विरोधाभासहरू लिएर जन्मेको छ । इनबिल्ट एनोमलीजहरू छ यो संवैधानिकमा कि जस्तो यसको निर्वाचन प्रणाली छ, यसले नेपालमा बहुमतको सरकार दिन सक्ने सम्भावना एकदम थोरै छ ।
त्यसैका लागि त्यो प्रबन्ध गरिएको संविधानमा ।
कसैको बहुमत नआओस् भनेर ?
नआओस् भनेर ।
हो र ?
अब त्यसो भएर कसले गर्यो, त्यो नसोध्नुहोस् । र त्यतिबेला कस्तो थियो संविधान जारी गर्ने बखतको अवस्था, कस्तो कस्तो फोर्सको के भूमिका थियो र अन्तरिक रूपमै भन्ने हो भने पनि सडकमा ढुङ्गा मात्र होइन, त्यहाँ खुकुरी निकाल्ने तरवार निकाल्ने खालको स्थिति थियो नि त वरतिर परतिर । त्यस स्थितिमा एउटा कम्प्रमाइजको डकुमेन्ट पछि संशोधन गरौला, हाललाई जसरी भए पनि संविधान जारी नगर्ने हो भने त्यसले भयानक अस्थिरता देशमा पैदा गर्न सक्छ । त्यस अस्थिरताले राष्ट्रलाई ठूलो अपुरणीय क्षति हुन सक्छ भन्ने सही निष्कर्षका साथ नै हामीले संविधान सहमति खोजेर, सम्झौताबाट सहमति प्राप्त गर्ने र जारी गर्ने सकेसम्म राम्रो बनाउने र जसरी भए पनि जारी गर्ने ।
कसैले पनि बहुमत नल्याओस् भन्ने आशयको संविधान कसले बनाएको थियो ? यसमा के अन्तर्राष्ट्रिय कारणहरू पनि थिए कि डोमेस्टिक तपार्ईंंले एकअर्कालाई काट्ने हिसाबले यो बनाउनुभएको हो कि अथवा यति हतारो थियो कि यो बनाउँदै जाऊँ पछि मिलाउँदै जाउला भन्ने हिसाबले ? देयर वाज अ रस किनभने अर्को शक्तिहरू पनि उच्छलकुद गर्न थालिसकेका थिए । यो महत्वपूर्ण सवाल छ कि यसलाई यसरी पनि सोध्न सकिन्छ, जुन संविधानभित्र इनबिल्ट एनोमलीजहरू छ, जन्मजात विरोधाभासहरू छन्, जसले बहुमतको सरकार दिन सक्दैन । यसमा के थप्न चाहनु हुन्छ तपार्ईंं ?
एउटा त संविधान बनाउँदा भखरै फालिएको राजतन्त्र, त्यो आफ्नो स्पेस खोजिराखेको थियो । त्यसकारण त्यसले त्यस संविधानलाई प्रभावकारी हुन नदिनका लागि त कोशिस गर्ने भयो । अर्को, त्यो प्रणाली नै फाल्छु, लोकतन्त्र नै फाल्छु भनेर हिंसात्मक संघर्ष भनेर, हिंसात्मक लडाईं, जनयुद्ध भनेर लडेको, हिंसात्मक लडाईं लडेको माओवादी सम्झौताबाट आएको थियो तर त्यसपछि पनि उसको उद्देश्य, मनोवृत्ति, प्रवृत्ति वास्तवमा मेनस्ट्रिम पोलिटिक्समा साच्चै पूर्ण रूपमा आएको थियो भन्दा त्यो थिएन । उनीहरू आफैँ संक्रमणकालीन अवस्थामा थिए र उनीहरूभित्र चलाखीले यो ट्याक्टिकल मुभ हो, यो ट्याक्टिकल मुभबाट हामी चलाखीका साथ कब्जा गर्नुपर्छ भन्ने त्यो त विभिन्न क्यासेटरबाट देखिन्छ ।
यो एक किसिमको धुत्र्याइँ थियो भन्नुस् ।
धुत्र्याइँ थियो ।
धुत्र्याइँ थियो भनौ अथवा यो बुढेसकालमा किन यस्तो ठाडो वर्ड युज गरिराखौं । अति महत्वाकांक्षा थियो अथवा चतुर्याइँ थियोसम्म भनौं ?
चतुर्याइँ थियो । त्यो कुटीलताका साथ त्यहाँ काम भइराखेको थियो आन्तरिकरूपमा । र यसलाई जसरी पनि कमजोर पार्यो । संरचनाहरू, दह्रा, बलिया, राम्रा, यो प्रणाली भनेको, यो व्यवस्था भनेको हुँदै हुँदैन भन्ने निष्कर्षमा पुर्याउनु थियो । त्यसकारण हाम्रो समाजको संक्रमणको र परिवर्तनको, परिवर्तनका लागि संक्रमणको क्यारेक्टर नबुझेको, दक्षिणपन्थले पनि बुझेन, जो अलि अगाडिसम्म त हाई हुकुममै थियो, उग्रवादपन्थले पनि बुझेन । जसले जसरी भए पनि, दुई सय चालिसमा एक सय बीस सिट प्रत्यक्षमा ल्याउन सकेको थियो नि । त्यो खालको स्थिति बनेको थियो ।
कुनै न कुनै प्रकारको सम्झौताका दस्तावेजहरू हुन्छन् । तत्कालिक शक्ति सन्तुलनका हैन, किनभने हामीले कम्प्रमाइज गरेनौं भने कहीं पनि पुग्दैनौं नि, जीवनमा । तर कम्प्रमाइजका पनि एउटा सीमारेखाहरू हुन्छ । तपार्ईंंले विरोधाभासी धाराहरू यसमा ल्याइदिनुभयो भने त समस्या उत्पन्न हुन्छ । अब जे छ जस्तो छ आइसक्यो …
अर्को कुरा के थियो भने प्रमुख पार्टीहरूको क्लियर भिजनका साथ जानुपथ्र्यो । त्यहाँ क्लियर भिजन भएन । को यो प्रणाली स्थापना गर्न खोज्छ, को प्रणालीको पक्षमा छ, कस्तो शक्तिसँग मिल्नुपर्छ भन्ने त्यो कुराको राम्रो हिसाब किताब हुनुपथ्र्यो र त्यसमा स्पष्टताका साथ बाटो तय गर्नुपथ्र्यो । अब ट्याक्टिकली कार्यनीतिक हिसाबले, तात्कालिक हिसाबले अरु शक्तिहरूलाई प्रयोग गर्ने मात्रै तरिकाले, त्यहाँपनि एक खालको चलाखीले काम गर्न खोज्दाखेरि त्यो मेनस्ट्रिम सुदृढ भएन ।
ओके । जे भयो, जस्तो भयो, एउटा भनाइ छ नि, जीवन बुझ्नलाई हामीले पछाडि हेर्नुपर्छ, पछाडि फर्किनुपर्छ । जीवन बुझ्न त हामीले पछाडि फर्किनुपर्यो नि । तपार्ईंंले आज माधव नेपालजी, वामदेवजी अथवा विद्याजी अथवा कोही रविजी अथवा यो हाम्रो कसैलाई पनि, टु अनडरस्टान्ड लाइफ, वि ह्याव टु लुक ब्याक भन्छ नि हैन, जीवन बाँच्न त फेरि हामीले अगाडि हेर्नुपर्छ भन्छन् । हामीले संविधानलाई बुझ्नलाई एकचोटी पछाडि फर्केर हेरेको । तर जीवन त फेरि वर्तमानमा छ । अब जे छ, जस्तो छ, यो आएको छ । यो प्रणाली चलिराखेको छ । संविधानको कुरा गरेको प्रणाली भन्दा पनि…
यसलाई उपयुक्त समयमा, उपयुक्त बनाउँदै लानुपर्छ– संशोधनमार्फत् ।
संविधान त फेरि परफेक्ट त कुनै पनि हुँदैन ।
कुनै पनि हुँदैन ।
तर त्यो भन्दा भन्दै पनि इनबिल्ट एनमोलीको कुरा किन आइराख्छ भने, यो संविधानले अब तपार्ईंंलाई बहुमतको सरकार नदिने । यसैभित्र त्यो गुणजडित भइसकेपछि यात हामीले गठबन्धनको संस्कृति विकास गर्नुपर्यो जसरी युरोपमा गर्यो हैन, अथवा हामीले यसको केही धारहरू रिभ्यु गर्नुपर्यो? त्यहाँसम्म त मान्नुहुन्छ हैन ?
हो, मान्नै पर्छ । एउटा सहकार्य गर्ने संस्कृति त कसैको बहुमत आयो भने पनि सहकार्य त गर्नै पर्छ । जस्तो एउटा त्रुटि के भयो भने, नेपाली काँग्रेसको ०४८ मा बहुमत आएपछि हामीले लोकतन्त्रलाई राम्ररी डिफाइन गरौँ, सँगै बसेर कुरा गरौँ, तपार्ईंंहरूको मेजरिटी, हामी माइनोरिटी, तपार्ईंंहरू सत्तापक्ष, हामी प्रतिपक्ष यसका बिचको सम्बन्धलाई सही ढंगले परिभाषित गरौँ । अब हाम्रो काम जसरी भए पनि विरोध गर्ने, तपार्ईंंहरूको काम विरोधीलाई दमन गर्ने मात्रै होइन भनेर हामीले हाम्रो तर्फबाट अलिक प्रयास पनि गर्यौं । तर त्यतिबेला नेपाली काँग्रेस त्यो बुझ्ने अवस्थामा अलिकति थिएन । उसमा त्यो विजयको फिभर अलिक राम्रै थियो । अब हामीहरूबाट पनि डेमोक्रेटिक एक्सरसाइजमा लामो अभ्यास गरेर अनुभव भएर त आएको अवस्था त थिएन । हामीहरूमा पनि अलिकति कलिलोपन थियो । अब कङ्ग्रेसमा ०१५ सालमा १८ महिना सरकार चलाएको त्यति न अनुभव हो । अब त्यो बाहेक त लोकतान्त्रिक अभ्यास गरेर, ती मान्छे त त्यतिबेला थिएनन्, फेरि । ती त एकाध मान्छे आइपुगेका हुँदा हुन्, अरु बाँकी सबै त नयाँ मान्छे नै थिए । अब अहिलेको अवस्था कस्तो रहिदियो भने अब व्यवस्था उल्टाउँछु, पल्टाउँछु भन्ने मान्छेहरू, संविधान मान्दिन, व्यवस्था मान्दिन भन्ने नै संसदभित्र छन् । अब उनीहरूले संसदको दुरूपयोग गरेको मात्रै हो । उनीहरू सदुपयोग गरेँ भन्छन् होला । उनीहरूले देशको दुरूपयोग गरिराखेका छन् । उनीहरू संसदको सदुपयोग गरेर देशका लागि व्यवस्थालाई बलियो बनाउने, संविधान बलियो बनाउने कस्तो राम्रो गर्न सकिन्छ भन्ने कुरा भन्दा असफल पार्ने, असफल देखाउने र आफ्नो दुनो सजाउने पक्षमा त हुने नै भए नि । यो विरोधी नै छन् भने ! त्यसो भएर अहिले पनि त्यस प्रकारको अवस्था छंदैछ । अलिकति पोलिटिकल परिपक्कता त्यस्तो देखिंदैन ।
तपार्ईंंले नेपाली इतिहासको साह्रै महत्वपूर्ण कुरा गर्नुभयो अहिले । सायद त्यसैको ह्याङ्गओभर अहिलेसम्म, ०४८ सालको चुनावपछि तपार्ईंंले अहिले के भन्नुभयो भने, एकल सरकार आयो भने पनि त्यसले एक किसिमको मिनिमम अपोजिसनप्रति सहिष्णुता राख्नुपर्छ भनेर ।
सहकार्यको भावना र सम्झदारीको भावना ।
०४८ सालमा कांग्रेसलाई उन्माद थियो । अहिले हामीले ह्यान्डसाइटबाट हेर्दाखेरि गिरिजाबाबुको जो गर्भमेन्ट थियो । म तपार्ईंंलाई भन्नलाई मलाई कुनै हिचकिचाहट छैन । उसलाई उन्माद थियो । तपार्ईंंहरूलाई पनि, त्यो एमालेलाई पनि अलिकति बढ्ता रेस्पन्सेबिलिटी त गर्भमेन्टमा बसेको मान्छेको बढ्ता हुन्छ नि, तपार्ईंंहरू रेलिङसेलिङ तोड्नेतिर, आगो लगाउनेतिर लाग्नु भयो नि हैन? सानोतिनो ।
मान्छे मारेपछि भाग्दाखेरि बार लगाएको छ त्यो बार भत्काएर भाग्न र ज्यान जोगाउन पनि नपाइने ?
त्यतातिर अब नजाऔं । शेरबहादुर देउवाजीलाई त्यो बेलामा मैले अन्तर्वार्ता गरेको थिएँ । उहाँ गृहमन्त्री हुनुहुन्थ्यो । रानीपोखरीमा आगो लाग्यो त मैले के गर्ने ? भनेर भन्नुहुन्थ्यो । मैले भने सर, रानीपोखरीमा त आगो लाग्दैन नि भनेर । लोकतन्त्रको, डेमोक्रेसीको एउटा जोसुकै सरकारमा आओस् । त्यसले जुन बेलामा हाम्रो प्रजातान्त्रिक प्रणालीको जगहरू बस्दै थियो । त्यो गर्भमेन्टले अपोजिसनलाई गरेको व्यवहारबाट, जुन संस्कारहरू हामी बसाल्न सक्थ्यौं नि, इंडिया र पाकिस्तानमा जसरीसँंगै स्वतन्त्र भयो भने पनि नेहरूजीले जुन संस्कृति बसाल्नु भयो, त्यो पाकिस्तानमा बसेको देखिँदैन । त्यसको रिजल्टहरू आफ्नो ठाँममा छन् । एउटा तपार्ईंंले त्यो भन्नु भयो । अब या त हामीसँग गठबन्धनको संस्कृति विकास हुनुपर्यो सहकार्यका…
सहकार्यको संस्कृति नि, सहकार्यको संस्कृति विद्यमान त्यति बेलाको मौजुदा परिस्थिति जतिबेला जुन छ, त्यसलाई स्वीकारेर त्यसअनुसार रेस्पोन्सिबल भूमिकामा आफ्नो ठाउँ जुन छ, त्यस भूमिकामा सबै प्रस्तुत हुनुपर्छ । अब प्रतिपक्षमा छ भने, प्रतिपक्षको भूमिकामा रहनुपर्छ । प्रतिपक्ष हुनु भनेको झुट बेइमानी हुन त होइन नि ।
यहाँ नि र चाहिँ तपार्ईंंलाई रोक्नुपर्ने हुन्छ । किनभने पञ्चायत व्यवस्थामा पनि पद्मरत्न तुलाधरजी अथवा जागृतप्रसाद भेटवालहरू राष्ट्रिय पञ्चायतमा आउनुभयो । उहाँहरूले त्यसवखत गर्ने व्यवहार र अहिले संसदभित्र राजा चाहियो भनेर जुन पार्टी आएको छ । त्यो पार्टी त के भन्नु राजा चाहियो पनि भन्छ । तपार्ईंंको मन्त्री खान पनि तयार छ सबै नै हैन, विचारा कम्युनिष्टको नाम ठगेर खान पाइन्छ, कांग्रेसको नाम ठगेर खान पाइन्छ भने राजाको नाम पनि ठगेर खान किन नपाइयोस्, आई रियली डन्ट् नो । किनभने उनीहरू मन्त्री पनि भईराखेका छन् फेरि । त्यो कुनै मेजर इश्यु हैन, तर अगाडिको तपार्ईंंले भनेको चिजमा म फेरि एकचोटी फर्कँु । यो निर्वाचन प्रणालीले बहुमतको सरकार दिने सम्भावना लगभग शून्य प्राय: इन बिल्ट म संविधानमै फर्की जरामा नै जाउ न, या त अब यो संविधानमा संशोधन गर्नुपर्यो एक या जबरजस्त कोलिशनको संस्कृति स्थापना गर्नुपर्यो, जो युरोपमा छ । दुईवटै मात्रै बाटो भयो नि होइन ?
होइन, किन होइन भने, यो संविधानअन्तर्गत पनि बहुमत ल्याउन सकिन्छ । एउटै कुरा हो, कुनै पार्टी जनताको बहुसंख्याले भोट हाल्ने पार्टी हुनु पर्यो । त्यसो भएसंँगै त बहुमत आइहाल्छ नि ।
त्यो त भन्नै परेन नि,
अनि त्यो हुन नदिनका लागि यती हो, प्रतिपक्षले अन्टसन्ट जेसुकै पनि आरोप लगाउने, बदनाम गर्ने, त्यो बहुमत नल्ओसस् भन्नका लागि चरित्र हत्या गर्ने सबै काम गर्छ । त्यो बेठिक हो । त्यो आफ्नो ठाउँमा छ । तर त्यो बेठिकलाई पनि त पराजित गरेर आउनु पर्यो नि, बहुमत ल्याउनेले । असम्भव नै त होइन बहुमत ल्याउन । असम्भवलाई सम्भव बनाउनुपर्यो । सामान्यता भन्ने हो भने सजिलो गरी जस्तो जसले बढी भोट ल्याउँछ, त्यसले जित्ने सिस्टम त्यसबाट जति सजिलो छ, समानुपातिकले त्यसलाई काट्दिन्छ । त्यसो भएर, त्यसमा अलिकति बढ्दै ध्यान दिनुपर्छ, पोलिटिकल पार्टीले । अब अहिलेको अवस्थामा बहुमत ल्याउने भन्ने बाहिर कुरा गर्नु बेग्लै कुरा हो । हल्लामा भन्नु बेग्लै कुरा हो । नत्रभने एमालेको एउटा सम्भावना हो, अर्को कांग्रेसकै सम्भावना हो । अरु पार्टीहरूको बहुमत ल्याउने त्यो भन्ने कुरा केही वर्षलाई परिकल्पना गर्न सकिंदैन । यो भनेको दुई वर्ष, चार वर्ष होइन, दश बिस वर्षलाई सकिंदैन । यो हाहूले गर्ने भनेको यत्तिकै हो । पाँच दश सिट, पन्ध्र सिटको कुरा हो । एकपल्ट आउँछ, फेरि त्यो सेलाएर जान्छ । किनभने त्यसले के के गर्छ भन्ने कुरा फेरि देखिहाल्छ ।
असम्भव त होइन, तर निक्कै गाह्रो हो यो बहुमत ल्याउन ।
गाह्रो हो ।
अहिले जो तपार्ईंंको र शेरबहादुरजीको सरकार बनेको छ कुराकानी भएर । यो संविधान संशोधन कहाँ पुग्यो ? किनभने सामान्यतया संसदमा पहिलो र दोस्रो पार्टीहरू एउटै सरकारमा बस्दैनन् । तपार्ईंंसँग पटक पटक मौकाहरू आएको छ क्या ओलीजी, एक्चुअली तपार्ईंंसँग प्रचण्ड बहुमत थियो हाउसमा, जब माओवादीसँग हुनुहुन्थ्यो । अहिले पनि तपार्ईंंसँग एउटा पावरफुल मेजोरिटी छ । हाम्रो अपेक्षा के छ भने, तपार्ईंंले कुनै सब्स्टान्सियल काम गर्न सक्नुभयो भने नेपालको कन्स्टिट्युशनको तपार्ईंंले एनामलिजहरू रिभ्यु गर्नलाई अरु त छंदै छ दैनिक शासन कार्यभार चलाउने त तपार्ईंंमा भने, त्यो कहाँ पुग्यो ? त्यस्मा त कुनै देखिंदैन । तपार्ईंंले यो कन्स्टिट्युशनबाट अलिकति केही अप्ठ्यारो सकस महशुस गर्नुहुन्न यसको धाराहरूमा ?
छ, अप्ठ्यारो छ । कन्स्टिट्युशनले आफैँमा कतिपय कुरा स्पष्ट गर्न नसकेर अप्ठ्यारो छ । कतिपय कुरा अब कन्स्टिट्युशनको व्याख्याले अप्ठ्यारो छ । व्याख्या कहाँ निर गर्ने, कहाँ नगर्ने, त्यसको बुझाइमा अप्ठ्यारो छ ।
त्यसको सीमारेखा कहाँ छ ? अदालतले यो मानेको छ कि छैन ?
त्यो कुराहरूमा गाह्रो छ, जो संसद्ले ऐन बनाउँछ । ऐन संविधानसँग मिलेन भनेर मन लागेको ठाउँमा ऐनको दफा रद्द गरिदिन्छ अदालतले । त्यो साँच्चै नमिलेको हो कि होइन ? उसले भनेपछि के भन्ने ? ऐन बनाउने त संसद्को काम हो । मिलेन जस्तो लाग्यो भने उसलाई त्यो ऐन संशोधनको बारेमा सोच्न संसदमा पठाइदिनु पर्ने हो ।
रिभ्यु हुनुपर्यो ।
रिभ्यु हुनुपर्यो, उसको काम हो त्यो त । त्यसकारण यो ऐन यहाँनिर संविधानसम्मत नदेखिने अवस्था रहेको देखिन्छ । त्यसकारण पुनर्विचार गर्न पठाइएको छ भनेर भन्नु पर्ने, खारेजै गर्दिन्छ उसले । त्यसमा पुनर्विचार पनि हुन सकेन, त्यसमा संशोधन पनि हुन सकेन । खारेज भयो त्यो । त्यसले सरकार सञ्चालनमा काम गर्ने कुरामा के असर पर्छ, त्यो कुरा त फेरि अदालतलाई मतलब हुने भएन ।
यो हाम्रो संविधान छ । यो पार्लियामेंट्री सर्वोच्चताको संविधान हो कि एग्जिक्युटिभ सर्वोच्चताको संविधान हो कि, लेजिस्लेटिव सर्वोच्चताको संविधान हो कि, जुडिशियल सर्वोच्चताको संविधान हो ? यो के हो ?
यथार्थमा संवैधानिक सर्वोच्चता भनेको संविधान निर्माण गर्ने थलो हो । संविधान निर्माण गर्ने थलो नै हो अन्तिममा । संविधानसम्बन्धी व्याख्या, संशोधन गर्ने उसैको हक हो । उसले संशोधन नगर्दासम्म त्यसअन्तर्गत कानुन बनाउने उसैको हक हो । अब संसद्ले पनि के गर्छ भने एउटा कानुन जरुरी हुन्छ, त्यो पठायो, समितिमा पठाऊं भन्ने एउटा लभिङ चल्छ त्यहाँ । समितिमा पठायो दुई वर्ष त्यो रोकिन्छ, डेढ वर्ष रोकिन्छ, दुई वर्ष रोकिन्छ समितिमा । अब यसो गर्दाखेरि जनतामा फ्रस्ट्रेशन बढ्छ । त्यसप्रति जिम्मेवार हुनुपर्ने । अर्को कोर्टले आफ्नो खालको फैसला गर्दिन्छ । कोर्टले काम रोक्न त भन्दिन्छ, तर फैसला समयमा हुँदैन । जसले गर्दाखेरि ठेक्कापट्टाका कामहरू बर्बाद भएका हुन्छन् । त्यसले समस्या बनाई दिन्छ । अर्को, लोकतान्त्रिक प्रणालीमा, सरकार पनि देशप्रति उत्तरदायी, जनताप्रति उत्तरदायी, संविधानप्रति उत्तरदायी हुनुपर्छ । सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ । सरकारले काम गर्दा यी कुराहरू बुझेर गर्नुपर्छ र जनताप्रति, देशप्रति सबै उत्तरदायी हुनुपर्छ । अदालत होस् कि सरकार होस् कि अरु होस् ।
यो तपार्ईंंलाई किन पटक पटक उघारी राखेको छु भने, यसको अर्को एउटा एनोमली छ जस्तो एक कसैको बहुमत नआउने असम्भव स्थितिमा बाहेक व्यवस्था छ । त्यसपछि प्रधानमन्त्रीले यसको भंग गर्न नपाउने व्यवस्था छ । गणेशराज शर्माजी हमेसा के भन्नुहुन्थ्यो कि प्रधानमन्त्री अर्थात् लिडर अफ हाउस पनि हो नि, तपार्ईंं लिडर अप हाउस पनि हो नि,
हो ।
लिडर अप हाउससँग संसदलाई अनुशासनमा राख्ने एउटा छडी चाहिन्छ ।
चाहिन्छ ।
ताकी उसले भन्न सकोस् कि म जनतामा फेरि फिर्ता जान पाउँछु भनेर हैन ? या त तपार्ईंं पार्लियामेन्ट डिजल्व गर्न सक्नु हुन्न, राइट ?
हो ।
जसरी संसदमा बहुमत आउनु अल्मोस्ट इम्पोसिबल छ र कदाचित आइहाल्यो पनि बेग्लै चिज हो । त्यसै गरिकन पार्लियामेन्ट डिजल्व गर्न अल्मोस्ट इम्पाोसिबल छ मिडटर्म पोल गर्न । यो वर्षौंसम्म पाँच पाँच वर्षसम्म तपार्ईंंलाई यो एक पार्टीसँग चोचो मिलाउने, अर्कोसँग चोचो मिलाउने, यसबाट निस्किने, फुत्किने यो झ्याउलोको कस्ट भन्दा यसको त ट्रेमेन्डस् अमाउंट अफ कस्ट छ नी, एउटा नाथे निर्वाचन गर्न कति पो पैसा लाग्छ र । बरु तत्काल हामी इलेक्सनमा किन जाँदैनौं, जसरी जापानमा जान्छन्, विदेशमा जान्छन्, इभन भारतमा यो डिजल्व गर्ने केस नै नल्याउँ भनेको छ सुप्रिम कोर्टले । यो अहिलेको जुन उकुसमुकुसको तुलनामा फेरि…
तपार्ईंंले अहिलेको स्थिति सोधेको हो अब बने त मेरो एकदम संक्षिप्त जवाफ, म बिजुली चम्किँदा तर्सिन्छु ।
ओ, तपार्ईंं त भुक्तभोगी हुनुहुन्छ यसको होइन ?
किनभने, मैले अगुल्टो त खाइसकेको छु । अगुल्टो खाइसकेकोले त बिजुली चम्किदा तर्सिन्छ के अगुल्टो आयो भनेर । अब यो त आफ्नो ठाउँमा छ । त्यति बेलाको हिसाबले तपार्ईंंले हेर्नुभयो भने, म प्रत्यक्षमा ८० सिट, अलिकति मात्र नपुगेको बहुमतसहितको ओरिजिनल पार्टी थिए चुनावबाट आएको । त्यसपछि मैले एकता एकीकरण गरेर एकता एकीकरणबाट १७४ सिटको पार्टी बनाएँ ।
होइन, तपार्ईंंको कुरा हामी सबैलाई थाहा छ ।
सुन्नुहोस् न, लगभग दुइतिहाईको सरकार छ, एउटै पार्टीको सरकार छ । उसले भन्यो मैले चलाउन सक्ने अवस्था रहेन । दुईतिहाइ भए पनि चलाउन सक्ने अवस्था आएन । यसमा म जनतामा जान चाहन्छु र फरक ल्याउन चाहन्छु भनेर मैले विघटन गरेँ । दुई तिहाइले नसकेपछि पार्टी फुटाएर संसद जोगाउनुपर्छ, जसरी पनि जोगाउनु पर्छ, विकल्प खोज्नुपर्छ, पार्टी फुटाएर विकल्प निकाल्नुपर्छ भन्ने कुरामा सहयोगीको रूपमा देखापर्यो अदालत । त्यतिबेला देखा परेकै हो, पार्टी विभाजन भएको हो । अनेक चिज भएको हो । यो त्यतिबेला मैले गरेको विघटन संविधान विरोधी होइन । संविधानमा यतिबेला गर्न पाइन्छ भन्ने केही क्लज राखिएको छ, ७६ मा राखिएको छ । ७६ को ५ बाट विघटन गर्न पाउने भनेर राखिएको छ । ५ बाटै त विघटन गरेका थिए मैले । मसँग दुई तिहाईको संख्या छंदै थियो । म सिङ्गल पार्टीको छंदै थिए । भित्र अन्तरिक कलह हुनु बेग्लै कुरो हो । कसैले अन्तरिक कलह पार्टीभित्रको लिएर अदालत जान पाउँदैन । उसले पार्टीभित्र दलको नेता फेर्नुपर्छ । पार्टी भित्रको विधानअनुसार चल्नुपर्छ । अनुशासनहीनतालाई र अराजकतालाई पार्टीमा छंदैछंदै विकल्प लिएर जाने मान्छेहरू !
खाली मनमा के आउँछ भने भने हामी यहाँ कहिल्यै पनि चिजको जरामा जान्दैनौ के । मौका मिलेको छ त्यसकारणले कुरा गरेको, एक यो निर्वाचन प्रणालीले बहुमतको सरकार दिने सम्भावना शून्य प्राय: वर्तमान स्थितिमा । दुई, न यसको लीडर अप हाउस अर्थात् प्रधानमन्त्रीसंग फेरि पिपुलमा जाने अधिकार, अनी रात दिन थुतुनु हामी कराएर भन्छौं कि अब त्यो अनी प्रधानमन्त्री जो बालुवाटारमा बस्छ, तपार्ईंं आज हुनुहुन्छ, भोलि अर्को होला अथवा यो भन्दा अगाडि पछिल्ला आएका थिए । तिनको ८० पर्सेन्ट टाइम त यो तार यसमा मिलाउनै पर्यो नि,
हो ।
आफूलाई सुरक्षित राख्नै पर्यो सबै मान्छेले । अफूलाई सुरक्षित गर्नु त सबैको धर्म हो नि । म एक जुन पेसामा छु, मैले आई विल ट्राई टु सी दैट आई एम सेफ फस्र्ट । यो परिप्रेक्ष्यमा अब संविधानमै म फर्किन्छु । यो संविधानको रिभ्युको जो सवाल छ, जसको लागि तपार्ईंंको सरकार पनि बनेको छ शेरबहादुरजीको र तपार्ईंंको संयुक्त भन्नुहोस् । तपार्ईंंले यसलाई त्यति गम्भीरतापूर्वक यो कार्यकालमा लिइराख्नु भइराखेको छैन । यो तपार्ईंंको लागि सेकण्ड फेरि टाइम हो कि तपार्ईंं यो संविधानलाई अलिकति लिकमा ल्याउने, त्यो कालान्तरसम्मको योगदान दिन सक्नुहुन्छ । तपार्ईंंले थाह छ यो एनोमाली इन दिस कंस्टिट्युशन । सुप्रिम कोर्टको जजहरू मलाई प्राइभेट टेलिफोन गरेर भन्छन्, दिस कंस्टिट्युशन फुल अफ एनोमाली । अब रिटायर भइसकेकाहरूको त कुरै नगरौँ, किनभने नेपालमा बुद्धि नै रिटायर भएपछि आउँछ धेरै जसोको..
त्यसपछि काम चाहिँ लाग्दैन ।
त्यसमा तपार्ईंंको एकत्रित एकदम अर्जुनदृष्टि जाओस् कि भन्ने मेरो एउटा रिक्वेस्ट हो ।
त्यो एकदम ठीक कुरा हो तर यहाँ प्रश्न के छ भन्ना कांग्रेस र हाम्रो मात्रै पनि दुईतिहाई पुग्दैन । अरू सरकार बनाउनेमा सहमत हुनु र संविधान संशोधनका इस्युमा सहमत हुनु बेग्लै कुरा हो । अहिले सामाान्य भूमि विधेयकमा त हामीलाई कत्रो कसरत गर्नु परेको छ । अर्को कुरा, अहिले त यो कोलिसन छ भने नै हामी संविधान संसोधनको कुरा गर्न सक्छौ । त्यसो भएर संविधान संशोधनमा जान भन्दा अगाडि पहिले कोालिसनको ग्यारन्टी गर्नुपर्योे र संविधान संशोधनको कुरा गर्नु पर्यो, होइन र ?
हो ।
त्यसो भएपछि यो कोलिसन त छ । कोालिसनले मात्र पुग्दैन ।
तर तपार्ईंंले यो कुरा पब्लिक डोमेनमा ल्याउनुस् । जनतालाई भन्न सक्नुहुन्छ नि, तपार्ईंंले काम गरिरहनुभएको छैन संविधान संशोधनमा । मेरो भनाइ यो हो । तपार्ईंं मात्र होइन, शेरबहादुर देउवाजीलाई पनि मैले क्याजुअल कन्भरसेशनमा पनि भनिरहेको छु ।
एउटा कुरा के हो भने, कामकुरा एकातिर कुम्लो बोकी थिमीतिर भनेजस्तो असान्दर्भिक ढंगले नहुने परिस्थितिमा, नहुने कुरामा बहस चलाएर मान्छेहरूलाई विभाजित गर्नुको केही अर्थ हुँदैन । हामीले संशोधन गर्ने भनेर कांग्रेस र हामीले दोस्रो बुँदामै लेखेका होउँ । तर हामी हेरिराखेका छौं । हामी हिसाब गरिराखेका छौं । के अहिले हामी संविधान संशोधन गरी हाल्न सक्ने अवस्था मा छौ त ? भन्दाखेरि त्यस खालको अवस्था छैन । हामीले संसद हेर्नु पर्यो, संसदको स्थिति हेर्नु पर्यो, संख्या हेर्नु पर्यो । यी सबै कुरा हेर्नु पर्यो । अनि विभिन्न खालका फोर्सेस तिनको अवस्था हेर्नु पर्यो र तिनका अडान दृष्टि कोणाहरूको परिवर्तनको सम्भावना हेर्नु पर्यो । यो सबै कुरा हेरेर मात्रै अगाडि बढ्नु पर्यो । अर्को के भने, तपार्ईंंलाई भनौं, हामीले संविधान सभाबाट संविधान बनाउन खोज्यौं, एउटा संविधानसभा फेल भयो । एउटा संविधानसभा किन फेल भयो भने त्यो संविधान सभा थियो । त्यसकारण फेल भयो । यदि त्यो संविधानसभा हुँदैन्थ्यो, त्यो कमिसन हुन्थ्यो भने त्यो फेल हुन्थेन । त्यसो भएर यो संविधान सभा त अब धेरै खालका स्वार्थहरू थिएन नि । संविधान बन्न नदिने अनि हलो अड्काउने अनि गोरु चुट्ने भन्छ नि, त्यस्तो गरेर संविधानसभा त भंग त भयो नि एकपल्ट । त्यसलाई अनेक जुक्तिहरू निकालेर बनाउन सकिंदो हो । त्यसपछि पनि संविधान बनाउने प्रश्न त सजिलो त प्रश्न त थिएन । संविधान बनाऊ भन्दै खेरि त मैले त माइको झट्टी नै खाएको हौ नि । शारीरिक हमला पनि भएको हो त पालिरामेन्टभित्र । त्यसकारण संसदभित्र संविधान बनाउन भन्दा पनि त्यसलाई एउटा प्रयोगको थलो बनाउने मनसाय पनि थियो नि मानिसहरूको । पछि अर्को परिस्थितिमा अर्को मनसाय बन्यो होला । ती आफ्ना ठाउँमा छन् । त्यसो भएर हामीले संविधान संशोधन गर्नुपर्छ । संविधान भनेको गतिशील दस्तावेज हो । गतिशील बनाउनै पर्छ । त्यसका लागि अनुकूल वातावरणको सिर्जना गर्नुपर्छ । त्यसमा हामीले ध्यान दिइराखेका छौं । मौकाको सदुपयोग गर्न सकेन भन्ने कुरा होइन । अब तपार्ईंंले अघि भन्नुभयो, गल्ती स्वीकार गर्दैन, कमी कमजोरी आफ्नो रियलाइज गर्दैन भनेर । कमी कमजोरी छ नि त, दुई तिहाई मेरै आगुवाइमा, मेरै पहलमा दुई तिहाइको पार्टी बनाइएको थियो । त्यो टिकाउन सकिएन । टिकाउन किन सकिएन भन्दा अब आफू भन्दा बलियोसँग लड्न सकिएन र पछारियो । मैले म एकदम विजेता हुँ त भनेको छैन नि । मैले हानेका गोलपोस्टमा सबै जान्छन् भन्न सकिंदैन भनेर अघि नै मैले भनेँ । मलाई कहिले कोर्टले हराउँछ । कहिले अरूले हराउँछन । कहिले कुन शक्तिले कसलाई लगाएर प्रहार गर्छ ।
कहिले पार्टीभित्रै ?
कृष्णले इशारा नगरेको भए त भीमले जाङ्मा हान्दैनथ्यो होला दुर्योधनलाई । गधा त अगाडि देखिनै थियो । तर जाङ्मा उनले त्यतिबेला हान्यो जतिबेला कृष्णले इशारा गर्यो ।
इशाराको पनि दु:खै छ है नेपालमा ?
गाह्रो ।
हो ?
गाह्रो ।
यो इशारा कहिल्यै सिद्धिदैन ? यो पनि इनबिल्ट छ कि के ?
गाह्रो छ । गाह्रो छ यो ।
तपाईंलाई अब अलिकति यो डिप कंस्टिट्युशनल फिलोसोफिकल प्रश्नबाट अलिकति चटपट टाइपको इच्छा राख्ने मानिसहरू पनि हुन्छन् होइन्, तिनीहरूलाई पनि अलिकति केयर गर्दिनुस् एकछिन् । प्रधानमन्त्रीजीसँग मेरो लास्ट भेट चाहिँ यो पर्सनल आम्नेसाम्ने यसरी बसेकोे राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिकोत्सव प्रोग्राममा भएको भएको थियो । रविजी पनि हुनुहुन्थ्यो त्यस बखतमा । यसको कानुनी प्रक्रिया आफ्नो ठाउँमा छंदैं छ, म त्यसमा जान चाहन्नँ । तर खाली एउटा कुरा के भने कि उहाँलाई राज्यले चाहिँ यो इन्जस्टिस गरेको छ कि जस्तो तपार्ईंंले फिल गर्नुहुन्छ कि हुन्न ? जसरी उनलाई राती गिरफ्तार गरियो, त्यो पुर्जी दियो भन्छन् । रातिराती दौडाएर लिएर गयो । अर्थात् कोर्टले पनि भन्नुस् नि, कोर्टको कुरा कोर्टसँगै थाहा होला कि यो प्रोसेसलाई स्पीड अप गर्नुपर्यो । उसलाई दोषी हो भने दोषी गर्नुपर्यो । जुन रफ्तारमा उसकै पहिलो सांसद सदस्यता खारेज गरेको थियो, सुप्रिम कोर्टले कुनै टिप्पणी गरेको होइन, खाली रेकर्ड मात्रै राखेको हो । बट थिंक अबाउट द्याट जेन्टलम्यान एण्ड यु एण्ड आइ मेट ।
अप्ठ्यारो मान्छेहरूले नमानेको देख्दा अलिकति अचम्मित हुन्छु । भ्रष्टाचारविरुद्ध, बेथितीविरुद्ध, अनियमितताविरुद्ध, ठगीविरुद्ध भनेर बुरुक बुरुक उफ्रिने !
त्यो तपार्ईंंले भनिसक्नु भएको छ । मैले त यो त विचाराधिन छ । आई डोंट वान्ट टु बी ।
ठिक छ, विचाराधीन त सबै हुन्छ नि । विचाराधीनमै प्रवेश नगरेकालाई त विचाराधीनै नभएका विषयहरूमा त संसद व्यवधान अवरोध त फेरि तिनी शक्तिहरूले गरिराखेका छन् त । उनीहरूले विचाराधीन नै छैन कुरा, नितान्त उनीहरूको आरोप मात्रै छ । तर पनि उनीहरूले त बन्द गरिराखेका छन् । जोमाथि बिचाराधिन नै छैन् । त्यहाँ त म यसमा जान चाहन्नँ, विचाराधीन नै छ ।
आम जनताले के भन्छ भने, उ भन्दा खराब मानिसहरू पनि होलान् या दुधले धोएको को छ र । ह्वाई वान्ली हिम भन्छ नि…
दुधले कसैले धुँदैधुँदैन, त्यसकारण दुधले धोएको को छ र भन्दा कुरा मिल्यो । कोई पनि छैन दुधले नुहाएको । नुहाउँदै नुहाउँदैन कसैले पनि त, कसले नुहाएको हुन्छ दुधले ?
त्यो एउटा थेगो हो ।
म यो थेगोमा जान चाहन्नँ । तर के भने देशमा शुद्ध मान्छे छैनन् भन्ने कुरा होइन । भ्रष्टाचार नगर्ने मान्छे पनि छैनन् । यो देशले कपुतै मात्रै जन्माउँछन् ? यो देशमा भ्रष्टै मात्रै जन्मिन्छ, त्यो त हुँदैन, होइन । यो देशमा इमानदार मान्छे पनि छन्, इमानदारीताका साथ काम पनि गर्छन् र एउटा हिप्पोक्रेटिक तरिका, पाखण्ड भन्ने एउटा, गर्ने अर्कै । अनि भ्रष्टाचारको विरोध गरेकोजस्तै गर्ने, अर्कातर्फ भ्रष्टाचारको धुमधाम मच्याउने, एकतिर तस्करी गर्दै गर्ने अर्कातर्फ केही मान्छेलाई यसो कारबाही गरेजस्तो या कसैले पक्री हाल्यो पुलिसले झुकिएर भने त्यसको श्रेय लिन जाने बहुतै उफ्रिने खालको परिपाटी । अहिले सरकारले, अब राज्यले भन्नुहुन्छ भने राज्यले थुनेको हो । राज्यका त अंगहरू छन् नि, निकायहरू छन् नि, तिनले गरेको काम कार्यकारिणीले नै सबै जिम्मा लिंदैन ।
नेपालको राज्य र नेपालको प्रहरी प्रशासन कसरी चल्छ भन्ने चिज तपार्ईंंलाई थाहा छ नि ? तपाईंलाई त्यत्रो केशमा विदआउट योर नलेस चिजहरू हुन सक्दैन नि ?
हुनसक्छ, यदि हुन नसक्ने हो भने अहिले जति कारबाही भइराखेको छ नि, त्यो पनि नहुन सक्थ्यो । यदि लहलहीमा कुद्ने हो भने छतबाट मान्छे फ्याँक्दा खेरि पनि ठीकै छ । ड्राइभर मरे पनि ठीकै छ । किनभने मानिसहरू हिरो हिरोइनहरू कुदेर गएर पुलिस कहाँ हाहु गरेर घेराबन्दी गरेपछि पुलिसले छोड्नु पर्छ । मुद्दा लगाउनु हुँदैन । एनार्किज्मबाट सबै कुरा डिसाइड हुन्छ यस देशमा । यही कुरा चलाउने यस पक्षमा म छदैं छैन, स्पष्ट कुरा । सडकले सबै कुरा निर्धारण गर्ने र होलिगानिज्मले, अनि केही दुइ चार हजार मान्छे भेला गरेपछि, दुइ चार हजार मान्छेले भनेपछि न्याय हेर्नु नपर्ने, कानुन हेर्नु नपर्ने, कानुनी राज हुनु नपर्ने ।
त्यो सबैलाई हेर्नु पर्यो नि ।
सबैलाई हेर्नुपर्यो ।
ह्वाइ अन्ली हिम भन्छ नि, सडकमा मानिसले भन्छ त्यो ।
अनि त्यसैगरी भएका मानिस थुनामा परेका छैनन् ? सहकारीमा ठगी भएका मानिसहरू थुनामा परेका छैनन् ? एउटा कुरा नि, कसैप्रति तपार्ईंंको असाधारण एकदम पुत्रस्नेह जागेर आउने, कसैप्रति दुष्मनी बेकारको हुने यो कुरा त उचित होइन नि । जसले जस्तो काम गरेको छ, त्यस अनुसारको कामको फल प्राप्त गर्ने हो । जसले बेठीक गरेको छ, ऊ सबै कुरा फ्रड निस्केको छ भने थुनामा बसेर र कारबाही भोग्नु पर्ने होला । पूर्वपक्षका लागि पनि थुनामा बस्नुपर्ने हुनसक्छ । यो कोर्टले जान्ने कुरा हो । अहिलेको समय भनेको कमसेकम नक्कली मुद्दा लगाएर पनि मलाई १० वर्ष थुनेको थियो । मुद्दा सिध्दिएपछि बाँकी चार वर्ष बिना मुद्दा थुनेको थियो । १० वर्ष अगाडिदेखि बसेको मानिसलाई कमसेकम यहाँलाई पनि एउटा जानकारी होस्, म १४ वर्ष सजाय पारेर बसेको होइन है । सजाय १० वर्ष थियो तर बसेँ १४ वर्ष । १० वर्ष बसिसकेपछि पनि छोडेन । त्यो जमाना अहिलेको होइन ।
आम जनताले के भन्छ भने कि एउटा स्टेटको बढ्दा एग्रेशन देखिन्छ ती एउटा व्यक्तिप्रति ?
के भएर, त्यत्ति मुख छाड्दाखेरि के कारण थियो, मुख छाड्ने नि । कुनै कारण थिएन, तर पनि म माथि मुख छाडिएको थियो । अरुमाथि पनि छाडिएको हुँदो हो । त्यस्तो गर्दाखेरि मैले कुनै शब्द बोलेको पनि छैन । कतै कसैलाई फलानामाथि यस्तो अलि कडा ढंगले हेर्नु यस्तो भनेको पनि छैन । किनभने मलाई के राम्रै थाहा छ भने, म राज्य सञ्चालनमा छु र मैले कुनै कुराबाट दुष्प्रभावित हुदिनँ ।
अदालत तपार्ईंंको क्षेत्राधिकार होइन । मलाई के लाग्छ भने समाजमा एउटा समन्वयात्मक चिजहरू स्थापित गर्नुको निम्ति केशको फैसला कोर्टले पनि आई थिंक स्पिडी फैसलाहरू चाहिँ दिनुपर्छ जस्तो लाग्छ मलाई । किनभने यो विषयलाई एउटा निष्कर्षमा पुर्याउन जरुरी छ ।
कोर्टले छानबिन गर्ने कुरा हो ।
जो तपार्ईंको विषय होइन, समाजमा चलेको विषय भएको हुनाले…
हो, अब त्यसमा रविलाई छोड्दा मलाई कति घाटा हुन्छ ? के घाटा हुन्छ ?
यो त तपार्ईंं हिसाब लगाउने कुरा हो नि ?
मेरो कुनै उद्योग बन्द हुन्छ ? के हुन्छ ? अनि अर्को कुरा रविलाई त नेपालमा चिनाएको मैले हो । मैले चिनाएको हो । मैले टेलिभिजन प्रोग्राममार्फत् चिनाएको हो । अर्को पल्ट पनि मैले महत्व दिएर चिनाएको हो । सरकार बन्दा खेरी मैले कोलिशनको अगुवाई गर्दा, लिडरशिपमा त प्रचण्डजी हुनुहुन्थ्यो । त्यस बेला रविलाई उपप्रधानमन्त्री, गृहमन्त्री बनाउनुपर्छ भनेर लडेको मानिस म हो । म त्यतापट्टी जान्नँ । त्यसको उहाँँले अब कसरी के बुझ्नु भयो, के भयो, म त्यता जान चाहन्नँ । तर त्यसभन्दा अगाडि उहाँँहरूले के गर्नु भयो, त्यस बेला के गर्नु भयो, त्यो उहाँँहरूको जवाफदेहीको कुरा हो, उहाँँहरू जान्नु हुन्छ । मैले गरेका कुरा मेरो जिम्मा हुन्छ । उहाँँहरूले गरेका कुरा उहाँँहरूको जिम्मा हुन्छ । जसले जे गरेको छ, त्यसको जिम्मा त लिनुपर्छ ।
पिपुल्स सेइंग यु एन द शेरबहादुरजी टुक अ पर्सनल इन्टरेस्ट टु बोकेम भन्ने, इस द्याट करेक्ट अर फल्स ?
यो बिल्कुल गलत हो । बिल्कुल गलत हो । शेरबहादुरजीले कतै भन्नुभयो जस्तो मलाई लाग्दैन, एउटा कुरा । त्यति धेरै मसिनोगरी ख्याल गर्ने मान्छे पनि शेरबहादुरजी होइन, मैले देखेको र चिनेको शेरबहादुरजीमा । अर्को कुरा के भने, अहिले म सरकार सञ्चालनको जिम्मेवारी लिइराखेका बेला कुनै पनि स्नेहभाव वा वैरभाव कुनै पनि भावबाट कतै पनि प्रभावित हुनुहुँदैन र त्यसबाट कुनै निर्णय निर्देशन गर्नुहुँदैन । त्यो कुरामा म बहुत सचेत छु । म स्नेहभावले पनि चल्दिनँ ।
तपाईंको पार्टीको पूर्वेतिर एक एमपी हो कि एक राजनीतिक लिडर सहकारी केसमा २४ घन्टामा छुट्यो रे भन्छन् नि, हैन ?
किन एमालेको नाम भएको हुनाले कसैले पोल्यो त्यसमा, अनि झुटो थियो भने छुट्दैन कि छुट्नु हुँदैन ? कि सन्तुलन मिलाउँदा एउटा भ्रष्टाचारी र अर्को भ्रष्टाचार नगरेको मानिसको सन्तुलन मिलाउन कि दुई वटैलाई छोड्नुपर्छ कि…
जासुसहरू साट्छ नि अमेरिका र रसियाले ट्रेडअफ गर्छ नि त्यस्तो ?
त्यो त जासुसहरूको ट्रेडअफ हो । यहाँ एक निर्दोष र एक दोषी फलानु किन छुट्यो ? फलानु किन छुटेन ? यस्तो त कुनै तर्क नै भएन नि ।
मलाई पनि के लाग्छ भने, सुप्रिम कोर्टले उसको पहिलो चितवनको केसमा डिसिजन दिएको थियो । आई थिंक कोर्ट सुड अल्सो एक्सप्रेडाइट दिस प्रोसेस भन्छ नि, दोषी निर्दोष त उसले गर्ने चिज हो किनकि समाज…
एउटा कुरा सुन्नुस् न, टोपबहादुर रायमाझीको कुरा उहाँँमाथि बेकारमा पुर्पक्षका लागि थुनामा राखिएको छ । त्यो केस फैसला पनि भएको छैन । यो भन्दा धेरै अगाडिको कुरा हो । उहाँ लामो पोलिटिसियन, लामो समयदेखि पोलिटिस गरेको मान्छे ।
मलाई टोपबहादुरजीको याद चाहिँ आउँदैन, रविको याद आउँछ ।
यही त छ समाज, जो करायो त्यसको याद आउँछ, जसका पछाडि हुल छ, त्यसको याद आउँछ, जसका पछाडि हुल करायो त्यसको याद आउँछ । समाजले न्याय दिने भनेको को करायो कि कराएन भनेर त होइन होला नि । अनि टोपबहादुर रायमाझीलाई शेरबहादुर देउवा र केपी ओलीले थुनेको हो ? थुन्नु भनेको हो ? अनि अदालत केपी ओली र शेरबहादुर देउवाले भनसुन गरेर अदालतलाई यी सबै काम गराएका हुन् ? त्यसो भएर स्वतन्त्र न्यायालयको व्यवस्था हामीले गरेका छौं, स्वतन्त्र न्यायालय स्वतन्त्र ढंगले काम गरेको छ । कतिवटा मलाई चित्त बुझ्ला, कतिवटा नबुझ्ला, नबुझ्दैन कतिवटा काम । तर पनि स्वतन्त्र न्यायालय हो । म के गरुं । अब अर्को कुरा, मेरो जहाँसम्म प्रश्न छ– मैले वैरभाव वा मित्रभाव बिना सरकारमा बसेर काम गर्छु भनेर तपार्ईंंलाई भनें । मेरो कुरा त्यो हो । अब, रवि थुनिन भन्दा अगाडि नै पनि वक्तव्य भिडियो तयार गरेर राखेका थिए, गिरफ्तार हुनुभन्दा अगाडि । त्यो किन गरेका थिए भन्दा एक स्टंटवाजी थियो । यसो गरेपछि समाउन सक्दैन, यसो गरेर एउटा वातावरण क्रिएट गर्न सकिन्छ भनेर । आज कसैलाई केही रिस उठ्यो नि, तपार्ईंंको घरमा अब खाना बनाउँदा अलिकति नुन बढी भयो, दुईपल्ट हालिए छ झुक्किएर भने केपी ओलीलाई गाली गरेर चित्त बुझाउने तरिका यसरी त कुनै कुरासंँग, विषयसँग सम्बन्धित नै हुँदैन ।
तपार्ईंं अहिले सरकार प्रमुख भएको हुनाले स्टेट लागेको छ कि भन्ने प्रसंग उठाएको हुँ । अब अर्को सब्जेक्टमा म तपाईंलाई तपार्ईंं अर्को मसालेदार सब्जेक्ट लिनुहुन्छ कि म तपार्ईंंलाई सिरियस सब्जेक्ट कि तपार्ईंंले दुइवटै यो मसालेदार सब्जेक्ट सिध्याइ हाल्यौं, त्यसपछि मेरो एउटा दुइवटै गम्भीर प्रश्नहरू पनि छ । एउटा अहिले आइराखेको छ कि हाम्रो पूर्व राष्ट्रपति विद्या भण्डारीजी राजनीतिमा फर्किने पनि कुरा आइराखेको छ । उहाँँले अब अध्यक्ष पनि लड्छु भनिराख्नु भएको छ । मलाई व्यक्तिगत रूपले सोध्नुहुन्छ भने यो कुनै मामुली विषय होइन । जुन व्यवस्थाको हामीहरू कल्पना गरिराखेका छांै, जुन व्यवस्थामा हामी छांै लोकतान्त्रिक व्यवस्थामा । यसमा राष्ट्रपति, उपराष्ट्रपति अथवा सर्वोच्च अदालतका न्याय, प्रधानन्यायाधीश, न्यायाधीशहरू पदमा बसिसकेको मान्छेहरूले त्यसको मर्यादाको एउटा न्यूनतमस्तर हुन्छ । जुन काम रामवरण यदवजीले गर्नुभएन । मन त उहाँलाई लाग्दो होला नि ? म तपार्ईंलाई ठोकेर भन्दिन्छु, वर्तमान सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलजी, मलाई लग्दैन कि उहाँँ राजनीतिमा फर्किनुहुन्छ । तपार्ईंंले यसलाई कसरी हेर्नुभएको छ ? यसलाई तपार्ईंं व्यक्तिगत लाइक्स् र डिलाइक्स्बाट अलिकति पर रहेर, जो अघि तपार्ईंंको दावी छ, कि म अनुराग र द्वेषभन्दा पर राखेर निर्णय गर्नुपर्ने हुन्छ मुलुकको प्रमुख कार्यकारीको हैसियतले । तपार्ईंंले यसलाई कसरी हेर्नुभयो ? इस इट गुड ? कि फर्मर प्रेसिडेन्ट पोलिटिक्समा फर्किने ?
यो गम्भीर प्रश्न हो । यो व्यवस्थासँग, सामाजिक सुप्रबन्धसँग र राजनीतिक प्रणालीको मर्मसँग र यो गणतन्त्रसँग हामीले जो नयाँ स्थापित गरेको व्यवस्था हो, यो कुरासँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । त्यसकारण यो गम्भीर विषय हो, एउटा । तपार्ईंंले भन्नुभयो, यो अब प्रधानन्यायाधीश, राष्ट्रपति, उपराष्ट्रपति भनेर । प्रधानन्यायाधीशलाई पनि त्यस्मा जोड्न मिल्दैन । प्रधानन्यायाधीश राज्यका अंगहरू मध्ये एउटा अंगको मात्रै प्रमुख हो । राष्ट्रपति भनेको त सिङ्गै देशको, सिङ्गै राज्यका सबै अंगहरूको प्रमुख हो । हुन त, अदालतले पनि त्यसरी ट्रिट गरेको छैन राष्ट्रपतिलाई । अदालत पनि कहिले कहिले दम्ब देखाउन खोज्छ आफ्नो । तर राष्ट्रपति राज्यका सबै अंगहरूको प्रमुख हो । राष्ट्रपति देशप्रति, जनताप्रति र संविधानप्रति उत्तरदायी हुन्छ । उसको खास उत्तरदायित्व अरूपट्टी हुँदैन । र त्यसअन्तर्गत एउटा साझा व्यक्तित्वको रूपमा मर्यादित हुनुपर्ने भएको हुनाले, कुनै पार्टीको सदस्य राष्ट्रपति हुन सक्दैन । राष्ट्रपति हुनुभन्दा अगाडि उसले पार्टी परित्याग गरेको हुनुपर्छ । पार्टी छोडेर म निष्पक्ष हुन्छु र राष्ट्र प्रमुखको भूमिकामा मैले अभिभावकत्व दिन्छु भन्ने भावका साथ जान्छ र त्यहाँ बसेर त्यही काम गर्छ । राष्ट्रपतिजीहरूले अहिलेसम्म यो अलिकति नयाँ अभ्यास हो र अहिलेसम्म यो नयाँ अभ्यासमा पनि मैले त्यसैगरी काम गरेको देखेको छु । विद्याजीले राष्ट्रपति छँदासम्म त्यस कुरालाई मेन्टेन गर्नुभएको थियो । निष्पक्ष भूमिका र राष्ट्र प्रमुखको हैसियतले संविधानसम्मत ढङ्गले चल्नुपर्ने र संविधानको रक्षक र पालकको हिसाबमा काम गर्ने भूमिकामा उहाँँले राम्रै काम गर्नुभएको थियो । राष्ट्रपति भनेको सेनाको परमाधीपति पनि हो र देशकै एउटा संरक्षकीय भूमिकामा हुन्छ राष्ट्रपति, सबैको साझा । त्यसकारण कहिले कहिले राष्ट्रपतिले पोलिटिकल एक्टिविटी गरे जस्तो देखिन्छ कि दलहरूलाई बोलाएर पनि कहिले कहिले परामर्श गर्ने गर्छ, राष्ट्रपतिले । त्यो यद्यपि राष्ट्रपतिको जरूरीको काम होइन, तर पनि त्यो अभिभावकीय भूमिका अन्तर्गत हामीले ठिकै ठानेका छौं । यो सबैभन्दा बढी रामवरणजीको समयमा उहाँँले बढ्दै गर्नुहुन्थ्यो बोलाउने र गर्ने । पोलिटिकल पार्टीहरूले त्यसलाई मानेकै पनि थिए र त्यो मर्यादा कायम रहनुपर्छ । त्यो गणतन्त्रको मर्यादा कायम रहनुपर्छ । राजा हटाएर हामीले राष्ट्रपतिको व्यवस्था गरेका हौं, राजाको स्थानमा । सरकार, प्रधानमन्त्री त पहिले पनि हुन्थ्यो । अरु सबै कुरा त हुन्थे, राष्ट्रपति हुँदैन्थ्यो । राष्ट्रपति र उपराष्ट्रपति भनेको उस्तैउस्तै होइन । यो उस्तै उस्तै होला कि जस्तो गरेर कहिले कहिले मानिसहरूले बुझ्छ, त्यस्तो होइन । जगेडा एउटा राखेको मात्रै हो उपराष्ट्रपति भनेको । राष्ट्रपति भनेको बेग्लै चिज हो । भारतमा पनि उपराष्ट्रपतिलाई त राष्ट्रिय सभाको अध्यक्ष बनाउँछ ।
राष्ट्रिय सभाको अध्यक्ष बनाउँछ । उनीमाथि टीकाटिप्पणी तपार्ईंं भाइस प्रेसिडेन्टलाई भनिराख्छ कि तिम्रो निष्पक्ष छैन । तिमी बढी गडबड गर्दैछौं भनेर टिप्पणी हरदिन भइराख्छ र राज्यसभा भित्र ।
तर राष्ट्रपतिमाथि त्यस्तो हुँदैन । त्यसकारण त्यसबाट, त्यो टीका टिप्पणीबाट माथि रहेको मान्छे फेरि ओर्लिनु वाञ्छनीय हुन्न भन्ने कुरा चाहिँ यसै देखिन्छ । अब यो संवैधानिक प्रश्न होइन, यो कानुनी प्रश्न होइन । यो नैतिकताको प्रश्न हो र यो नैतिक मूल्यमा आधारित भएर बसाउनु पर्ने थिति हो । अघिल्लो राष्ट्रपति रामवरण यादवजीले यो थिति बसाएको देखिन्छ । यो नैतिक मूल्यमा आधारित भएर थिति बसाउन खोजेको देखिन्छ । अब विद्याजीको हकमा उहाँँले कहाँ, कहाँ परामर्श गर्नुभयो, कतै त गर्नुभयो होला । तर मसँग चाहिँ परामर्श भएन । परामर्श नभइकन पार्टीको अध्यक्ष म छु, मैले अध्यक्षता गरिराखेको छु । पार्टी छँदैछ । पार्टीसँग उहाँँको कुनै प्रस्ताव आएन । म राजनीतिमा फर्केर आउँछु, कसरी काम गरुँ ? मलाई सक्रिय राजनीतिमा आउन मन छ । आउन मिल्छ मिल्दैन । आऊं नआऊं देशलाई फाइदा हुन्छ कि हुँदैन । संवैधानिक प्रक्रिया कस्तो हुन्छ अथवा प्रणालीगत हिसाबले के हुन्छ ? त्यो राष्ट्रपतिको पदको गरिमाको हिसाबले फेरि राष्ट्रपतिबाट फर्केर सक्रिय राजनीतिमा आउँदा सिंगै देशको सर्वमान्य नेताबाट एउटा दल विशेषको कार्यकर्ता हुन आउँदा कस्तो हुन्छ ? यी कुनै पनि विषयमा विचार विमर्श, अन्तर्राष्ट्रिय प्राक्टिस कस्तो अवस्थाको राष्ट्रपतिको के छ, ती कुराहरू, यसमा विचार विमर्श गरौँ भनेर, अब कतिपय देशहरूमा के छ भने राष्ट्रपति फेरि प्रधानमन्त्रीमा आउँछ, प्रधानमन्त्रीमा पावर केन्द्रित गर्छ, फेरि राष्ट्रपतिमा केन्द्रित गर्छ । फेरि राष्ट्रपतिमा फर्किन्छ । यस्तो पनि देखिएको छ । अब कतिपय देशका अनुभवहरू आफ्नै खालका होलान् । तर त्यहाँ राजतन्त्रसँग कुनै सन्दर्भ, सरोकार साइनो सम्बन्ध केही मानिंदै मानिंदैन । राजतन्त्र हुन्छ भन्ने उनीहरूले अरु देशको कुरा सुन्दा हो, त्यो कुनै ताजा स्मरणमा छैन, ती देशहरूमा राजतन्त्र सयौ वर्ष बितिसक्यो । सयौं वर्ष अगाडिदेखि राजतन्त्र नभएका देशहरूमा त्यसको झल्को पनि मान्छेहरू आउँदैन । तर यहाँ त भर्खर राजतन्त्र फालेका छौं र राजतन्त्र पक्षधरहरू उफ्री राखेका छन् । राजतन्त्र फर्काउनुपर्छ, हामी फर्काउँछौ भनेर ज्योतिषीहरू पनि १६ गते असार भित्रमा नल्याए मेरो ज्योतिष विद्या डडाएर फ्याकिदिन्छु भन्ने । म देशै छोडेर हिँड्छु भन्नेसम्मका बाजी राखेर हिंड्छन् ।
टिम स्टेशनमा एउटा ज्योतिष थियो । म अलिकति हाकिम जस्तो थिए, तिम्रो भविष्यवाणी गर्छु भनेर भन्थ्यो । मैल पर्दैन भनेर भन्दाखेरि आज हाकिम हुनुहुन्छ । दिनदशा कुन बेला कसको आउँछ भन्न सकिंदैन । एकचोटी चाहिँ हेराउनु सर भनेर भन्दाखेरि अनि मलाई रिस उठेर मैले भनेँ, मेरो ज्योतिष हेर्नु भन्दा पहिला तिम्रो ज्योतिष हेर्नु हेरौं । तिमी स्टेशनमा कति दिन ज्योतिष विद्याहरू पढ्छौ भनेर सोधें ।
यस्ता मान्छेहरू निस्किन्छन् । यसमा उहाँँले अरुसँग मलाई थाहा छैन । म सँग सरसल्लाह गर्नुभएन र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन । पार्टीमा कुनै मौखिक/लिखित केही गर्नु भएन ।
आज हामी योे स्थितिमा छौं, उहाँँले त अब म आउँछु भनिसक्नु भयो ?
यसमा पार्टीले बसेर यस सम्बन्धमा निर्णय गर्नुपर्छ । किनभने हामीले उहाँँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन । हामीले पठाएको हो राष्ट्रपतिमा । उहाँँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति भएपछि राष्ट्रपति हुन भन्दा क्यान्डिडेट हुने भन्ने तय भइसकेपछि उहाँँले पार्टी छोड्नु भयो । पार्टी छोडेर नै जानुपर्छ । पार्टी छोड्न भन्दा अगाडि त हाम्रो उपाध्यक्ष नै हो ।
यस विषयमा नेकपा (एमाले)ले कुनै निर्णय गर्छ ? अहिलेसम्म गरेको छैन नि होइन ? डु योर… अफिसियल रिएक्सन टु दिस अर नो भनेर ।
निर्णय त गर्नै पर्छ । उहाँँले प्रश्न उठाई सकेपछि र म आउँछु भनेपछि, उहाँँले आउन हुन्छ हुँदैन, मोरल्ली हुन्छ हुँदैन । गणतन्त्रमा के असर पर्छ, समाजमा के असर पर्छ, राजनीतिमा के असर पर्छ, व्यवस्थामा के असर पर्छ, उहाँँकै जीवनमा के असर पर्छ, यी सबै कुरा सोचेर उहाँँलाई दिनुपर्ने सुझाव वा उहाँँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै ।
यो निर्णयको हामी कति टाइमफ्रेम राख्न सक्छौं ?
यो हेर्न पर्छ, सल्लाह गर्नुपर्छ ।
जस्तो मोटामोटी तर अनन्तकालसम्म झुण्डि त राख्दैन यो विषय ?
उहाँँले आफैँले विचार गर्नु पर्ने जस्तो लाग्छ । खोई, के बोलिराख्नु भएको छ ।
उहाँँले त आउछु भनिसक्नु भयो नि । एमालेले यस विषयमा कुन टाइमफ्रेममा निर्णय गर्छ भनेको मैले चाहिँ ?
हामीले पनि जानकारी प्राप्त गरेका छौं । उहाँँले सार्वजनिक ढंगले बाहिर बोलेका कुराहरू, आउँछु भनेका कुराहरू ती के हुन्, उहाँँसँग हामीले सोध्नुपर्छ ।
यो निर्णय चाँडै हुन्छ कि हामीले यत्तिकै ?
धेरै ढिलो त गर्दैनौं ।
किनभने एकथरिले यो पनि भनिरहेका छन् कि यो चाहिँ एउटा तपार्ईं र विद्याजी बीचको एउटा सुविचारित स्ट्रेटेजी हो कि उहाँँलाई अध्यक्ष हस्तान्तरण गर्ने हो भनेर, सुनियोजित ?
अहिले उहाँँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त उहाँँ राजनीतमा आउनुहुन्छ भनेर पार्टीले त्यो ठानेको र मानेको नै अवस्था छैन एउटा । दोस्रो उहाँँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानुभएको छ । पहिले पनि उहाँँले लिडरसिपमा बसेर काम गरेको त्यस्तो संगठनात्मक अनुभव छैन ।
एमालेको बिजनेस एमालेले आफैँ गर्ला, हैन । तपार्ईंंले आफैँ निर्णय गर्नुहोला । सामान्य मान्छेको सामान्य नागरिकको एउटा जिज्ञासा के छ भने कि यो एउटा वाइडर फिलोसफिकल प्रश्न हो, नेपालमा राष्ट्रपति भइसकेको मान्छे सक्रिय राजनीतिमा फर्कन हुन्छ कि हुँदैन ? उसलाई त्यो प्लेटफर्म पोलिटिकल पार्टीले दिनुहुन्छ कि हुँदैन ? रामवरण यादवजीलाई त्यो दोषारोपण हामीले गर्न पाउँदैनौ किनभने उहाँँको कुनै सक्रियता छैन ।
भोलि जाग्यो भने पनि त जाग्न सक्ने रहेछ । यदि जाग्यो भने, दुई वर्षपछि विद्या भण्डारीजीले अहिले कुरा सार्वजनिक गर्नुभएकोे छ । अर्कोले अर्को पछि गर्ला ।
तपार्ईंंको नजरमा विषय महत्वपूर्ण छ होइन ?
गम्भीर विषय छ र पार्टीले त्यस सम्बन्धमा उपयुक्त समयमा निर्णय गर्छ ।
एउटा अर्को यसै सन्दर्भमा के जोडेर आउछ भने कि हाम्रो मित्र राष्ट्र चीनले नेपालमा कम्युनिष्टहरूलाई गोलबन्द गर्ने योजनाअन्तर्गत यो काम भइराखेको छ भन्ने एउटा चर्चा वा हल्ला यो मौकामा आएर महसुस हुन्छ, डु यु फिल अर…?
नेकपा एमाले गोलबन्द छ त, अरु कसलाई गोलबन्द गर्ने भनेको ?
उहाँँलाई अगाडि सारेपछि उहाँँको छहारीमा सबै मान्छे आउन सक्छन् भन्ने…
यस्ता खालको हाइपोथेसिस र हिपोक्रेसीमा म विश्वास गर्दिनँ । के हो भने, जुन एकता र एकीकरण गरियो र त्यहाँ मूल पार्टीलाई सिध्याउछु भनेर आखिर एकता गरेको पनि पार्टी सिध्याउन खोजेकै देखियो । र त्यहाँभित्र बसेर तर मारेका क्रिमिलेयरहरू तिनीहरूले पनि तर मारिसकेपछि पार्टी सिध्याउन खोजेको देखियो । अनि दिउँसै टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छु भन्नेहरूलाई फेरि ल्याएर अनि के चाहि लाभ लिन्छ पार्टीले ? त्यसकारण कम्युनिष्ट पार्टी दिउँसो टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छ भन्नेहरूलाई नै साइन बोर्ड नेकपा लेखेको छ भनेर कम्युनिष्ट ठान्ने गल्ती, यो खालका गल्ती नाम देखेर नै, बीरबहादुर नामको देरेर बीरबहादुर हुन्छ, धनबहादुर देखेर धनी नै हुन्छ, गरिबनाथ देखेर गरिब नै हुन्छ, यस्तो ठान्नु हुँदैन ।
त्यसो भए त्यसमा तपार्ईंंले कुनै बेसिस देख्नु हुँदैन कि ?
विल्कुलै छैन ।
आज प्रचण्डजी र तपार्ईंंको सम्बन्ध कस्तो छ ? प्रचण्डजीसँग फेरि एकता हुने सम्भावना ?
उहाँको र मेरो कहिले कहिले भेट हुने र कुरा हुने सम्भावना छ ।
स्वर्ग जाने नर्क जाने भन्नु हुन्थ्यो नि ?
त्यस्तो त अब स्वर्ग जाने, नर्क जाने त उहाँले छोडिसक्नु भयो ।
अनि अर्को एउटा कुरा प्रधानमन्त्रीज्यू, अहिले विश्व र क्षेत्रीय राजनीतिको जो परिस्थिति छ, यस्लाई कसरी नियालीराख्नुभएको छ ? एउटा एम्पायर डिक्लाइन हुँदैछ भन्छन्, एउटा अमेरिकन एम्पायरसहरू, प्रेसिडेन्ट ट्रम्पले आफ्नो हिसाबले संसार चलाउन खोजीराख्नुभएको छ । चीनको उदय हुँदैछ । यता भारत पनि अगाडि आउँदै छ । भर्खर तपाईं स्पेन गएर आउनु भयो, होइन । ह्वाट इज द ग्लोबल सिनेरियो राइट नाउ ।
म भर्खर स्पेन गएर आएँ । मैले स्पेनको प्रधानमन्त्रीजीसँग कुरा गरेँ । उहाँको दृष्टिकोण मिलाई सन्तुलित र राम्रै लाग्यो ग्लोबल फेनोमेनल र मैले ठिकै देखेँ । मैले अब भारत र चीन उदीयमान शक्तिहरू हुन् । खासगरी यिनीहरू उदीयमान इकोनोमिक शक्तिहरू नै हुन् र त्यो इकनिक शक्ति हुनु राम्रो कुरा हो । किनभने विकास हुनु राम्रो कुरा हो । विकासमा उहाँहरूले ध्यान दिनुपर्छ । अर्को कुरा के भने, अस्वस्थ प्रतिस्पर्धामा होइन, स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ र आफ्नो देशका जनतालाई र अरु देशका जनतालाई पनि कुनै हानि नोक्सानी पुग्ने खालको सोच दुईवटै देशको लीडरसिपले लिनु हुँदैन । तनावले मात्रै पनि मानिसको निध हराम गर्दिन्छ । त्यसकारण तनावको बाटो हैन, सुमधुर सम्बन्धतर्फ उहाँँहरू जानुपर्छ ।
इन्डिया र चाइना ?
न्डिया र चाइना बीचको आपसी सम्बन्धको स्थितिले, तनावले र उनीहरूको बीचको सुमधुर सम्बन्ध अथवा हिजो मात्रै इन्डियन फर्मर मिस्टरले चाइनिस प्रेसिडेन्ट सिलाई पनि भेट्नुभएको समाचारहरू आएको छ । उनीहरू बीचको तनाव एलिफन्ट एंड ड्रागन बिचको तनाव र सुमधुर सम्बन्धले नेपाललाई चाहि कस्तो उकुसमुकुस र सजिलो हुन्छ ?
जति मिल्यो, त्यति राम्रो ।
हामीलाई ?
हो, जति मिल्यो त्यति राम्रो । हामीले दुवैतर्फको सहायता, सहयोग र सहकार्य पनि प्राप्त गर्न सक्छौं । दुबैतर्फको बजार पनि प्रयोग गर्न सक्छौ । दुवैतर्फको डेभलपमेन्टको जो एउटा अभियान छ, उमङ्ग छ, त्यो हाम्रोमा पनि छछल्कियो भने अलि छिटा आउँछ नि ।
ग्लोबल अर्डरहरू चेञ्ज भइराख्यो भन्छ नि, यस विषयमा तपार्ईंंको धारणा के छ ?
ग्लोबल अर्डर त चेन्ज हुन्छ नै, हुनै पर्छ । यो प्रकृति नै, सबै सृष्टि नै, सबै गतिशील छ । त्यसकारण यो गतिशील हुन्छ । एउटा ठाउँमा एउटै बसिरहन्छ । अब म सधैं प्रधानमन्त्री भइरहन्छु भन्ने ठान्यौं भने त्यो भ्रम होे । अर्को फेरि प्रधानमन्त्री हुन आउँछ । संसार यस्तै हो । अब तपाईं अग्लो मानिस हुनुहुन्छ नि, तपाईंभन्दा अग्लो मानिस हुँदैन भन्न सकिंदैन ।
अलिले कति सजिलै तपार्ईंंले भन्दिनु भयो नि, म सधैं प्रधानमन्त्री हुँदिन भनेर । कहिले कहिले तपार्ईंंले अन्टसन्ट पनि बोलिदिनुहुन्छ नि, किसुनजी जस्तो लाग्ने । किन अस्ती तपार्ईंंले म २० वर्ष अध्यक्ष हुन्छु भन्दिनु भयो । म एक दिन भन्दिएँ बालुवाटारको कोठा कोठामा छाँदेको छु भनेर । यो अहिले तपार्ईंंको सिन्सियर स्टेटमेंट त यो हो नि हैन के भन्छ भन्ने ?
त्यो सही ।
तपार्ईंंले सधैँभरि पनि प्रधानमन्त्री हुँदैन भन्ने ?
हो, हुँदैन । केही पनि सधैँभरि हुँदैन । यो जीवित चिजका लागि त सधैँभरि भन्ने कुरा हुँदैन । सधैँभरि केहीको पनि छैन । त्यो पनि प्रकृतिको निर्जीव चिज भनौं अथवा ढुङ्गा माटो लामो समय कायम रहलान् । तर जीवित चिज त कायम रहँदैन । दीर्घजीवी रूखहरू कायम रहँदैनन्, जीवहरू कायम रहँदैनन् । मानिस पनि कायम रहँदैन । मानिस एउटा पृथ्वीमा उब्जिएका जीवहरू मध्ये एउटा लामो आयु भएकै चिज हो । प्रकृतिले लामो आयु धेरै कुनै पनि जीवलाई दिँदैन ।
तपार्ईंंको जो समृद्धि र सुखको कुरा छ । सुखी नेपाली, समृद्ध नेपाल भन्ने । प्रसंगवस म त्यो फेरि उद्योगपतिको कुरा गर्छु, जो ठूलोे करदाता पनि हो, सबैभन्दा ठूलो भनौं अझ । उनले एउटा चिज के भनिराखेका थिए भने, वैश्य युग भएको हुनाले यो पैसावालाहरूको कुरा चाहिँ सुन्नुपर्छ मैले । किनभने सबैको आकांक्षाहरू अहिले वैश्ययुगीन छन् नि । उनले के भने भन्दा, ओलीजी चाहिँ डिटरमाइन्ड लीडर चाहिँ हो । तर उहाँँको खस्तो छ र भने राष्ट्रियताको अब परिभाषालाई सुख र समृद्धिसँग, विशेष गरेर इकोनामिक डेभलप्मेन्टसँग जोड्न सकेन र कोरा नाराबाजीमा राखे अथवा अमुक देशको समर्थनमा, अमुक देशको विरोधमा मात्र हामीले पुरानो हिसाबले चलायो भने त्यसको केही फल पाउँदैनौं । तपार्ईंंलाई लाग्छ कि हाम्रो जो राष्ट्रियताको परिभाषा छ, मान्यता छ, त्यसलाई आम नेपालीको सुख, समृद्धि र देशको विकास र औद्योगिकीकरणसँग जोड्नु पर्छ भनेर ? किनभने आज भोलि वैश्य युगमा हामी गरिब छौं भने पनि हाम्रो इज्जत धेरै हुँदैनौं के जती सुकै ठूलो कुरा गरे पनि ।
त्यसै भएर त समृद्ध नेपाल, सुखी नेपाली भनेको हो । त्यसै भएर हामीले विकासमा जोड दिएको हो । त्यसै भएर पूर्वाधार विकासमा, पहिलो चरणमा मैले पूर्वाधार विकासमा ध्यान दिएँ । तर सँगसँगै मानवीय उत्तरदायित्व र समाजप्रति जिम्मेवार सरकार ।
यो फल्स सेन्स अफ नेशनलिज्मले चाहिँ यो इकोनोमिक ग्रोथलाई रोकिराखेको छ भन्ने भनाइप्रति तपार्ईंंको कुनै भनाई छ ?
नेशनलिज्म भनेको यो शाब्दिक व्यापार होइन र हुनु हुँदैन । नेशनलिज्म भनेको नेसन, जमिन, जनता र जमिनबाट बन्छ नेसन भनेको । जमिनले त धेरै थाहा पाउँदैन, थाहा पाउने जनताले हो । जनतासँग सम्बन्ध नभएको, जनतासँग सरोकार नभएको, जनतालाई वास्तै नगर्ने, जनतालाई वास्तै नगर्ने नेशनलिज्म भनेर त्यो नेसनलिज्म के हुन्छ ? त्यसकारण नेसन चाहिएको जनतालाई हो । जनताबाट नेसन बन्ने हो । नेसन भनेको जनता हो । अर्को शब्दमा बन्ने हो भने । जनता छैन, नेसन छैन । त्यसकारण समृद्धिसँग नजोडेको, सुखीसँग नजोडिएको नेशनलिज्म अनि कसका लागिको के केका लागिको नेशनालिज्म हुन्छ त ? त्यसो भएर हाम्रो नेशनलिज्म रेस्पोन्सिबल नेशनलिज्म हो । व्यापक नेशनलिज्म हो, मानवतावादी नेशनलिज्म हो र यो शान्तिप्रिय, न्यायोचित नेशनलिज्म हो । अरूको राष्ट्रको अहित नगरिकन आफ्नो राष्ट्रको हित गर्नुपर्छ भन्ने नेशनालिज्म हो । कसैसँग शत्रुता गरेर होइन, मित्रताबाट अगाडि बढ्नुपर्छ भन्ने नेशनलेजम हो । अरूको लुटेर राष्ट्रको फाइदा लिने युग समाप्त भयो, जसलाई औपनिवेशिक युग भन्थे । त्यो समाप्त भयो । अब आफ्नो विकास आफैँले गर्नुपर्छ र अन्त लुटेर ल्याएर हुँदैन । आफ्नै साधन स्रोतबाट विकास गर्नुपर्छ र आफ्नै ह्युमन रिसोर्सबाट विकास गर्नुपर्छ । पहिलेको विकास लुटेर हुन्थ्यो । कब्जा गरेर हुन्थ्यो ।
तपार्ईंंले एउटा महत्वपूर्ण कुरा गर्नुभयो कि यो राष्ट्रियता, राष्ट्रवाद र नेशनलिज्म भनेको शब्दको व्यापारको विषयभन्दा धेरै अगाडि गइसक्यो । यो विदेश नीतिको सन्दर्भमा यो भारतसँगको भ्रमणको कुरा बेलाबखतमा आउँछ । एउटा देश गएर के हुन्छ, नगए के हुन्छ ? आइ रियल्ली डु नट नोउ ।
त्यस्तो धेरै उधुमै महत्वको कुरा त होइन, तर पनि महत्वपूर्ण कुरा हो । यहाँ अब म भारत भ्रमणमा जान्छु होला । अहिले त्यति भन्न सकिन्छ र त्यो दुईतर्फ चाँजोपाँचो मिलाएपछि, मिलेपछि जाने कुरा हो ।
यो कति जति नेपालमा प्रचारित गरिन्छ न, इस दैट इम्पोर्टेन्ट भन्छ नि हैन ? कतै त भेटघाट त भई नै राखेको छ ।
त्यस्तो कुरा भएदेखि नि त्यो कहिले कहिले प्रधानमन्त्रीहरूले बहुतै निवेदन हालेको देखिन्छ । अत्यन्तै हुरुक्कै भएको देखिन्छ । त्यस्तो गर्न आवश्यक छैन । एउटा ठिक्क गर्नुपर्छ । भारतका प्रधानमन्त्री पनि नेपाल आउनुभएको छैन नि अहिले । उहाँँ भ्याएपछि नोभेम्बरतिर सायद आउनु हुन्छ । मैले उहाँँलाई निम्ता गरेको छु र अनुकूल समय मिल्यो भनेदेखि म पनि जान्छु ।
अहिले भारतसँग र चीनसँग हाम्रा सम्बन्धहरू कस्ता छन् ?
एकदमै राम्रो, सुमधुर ।
जसमा केही चिसोपन छ ?
केही छैन । मानिसहरूले हल्ला गर्नेले के भनेर हल्ला गर्छन, कसो भनेर हल्ला गर्छन्, त्यो धेरै कुरा बेग्लै हो । तर अहिले जस्तो हामीलाई केहीमा पनि त्यस्तो भारतले धेरै अप्ठारो पारेको स्थिति त्यस्तो होइन । नयाँ थप केही अब मानिसहरूले भन्छन् नि केपी ओलीलाई मन पराउँदैन भन्ने । अनि म आयपछि के गरेको छ त ? पहिले पनि नाकाबन्दीमा पछि लगाको होइन क्या । पहिले लागेको थियो । त्यो मैले बेहोर्नु परेको मात्र हो । अहिले के भयो त ?
तपार्ईंंले लगाएको होइन नि ?
अनि म प्रधानमन्त्री भएपछि थप भारतले के बिगार्दिएको छ त ? केही पनि छैन नि त । त्यसो भएर भारतले नराम्रो गर्छ, ह्यात्यहाँ भन्ने कुरा । अब कसैलाई लाग्न सक्छ, म कम्फर्टेबल हुन्छु भनेर, त्यो उहाँँहरूको कुरा होला ।
देश देश बिचको सम्बन्ध त आपसी स्वार्थ त्यसले पनि भरपर्छ नि, त्यो ह्वाट लेभल इण्डिभिजुल ।
न्यायोचित हित ।
एउटा प्रधानमन्त्रीको व्यक्तित्वको हैसियतले राष्ट्र राष्ट्रका परिभाषाहरू त कहाँ बदलिन्छन् र हैन कि बदलिन्छन् ?
बद्लिँदैन । बद्लिनु हुँदैन । जहाँसम्म तपार्ईंंले अन्तर्राष्ट्रिय सम्बन्धको फेरि कुरा गर्नु भयो नि अघि, जतिसुकै सम्बन्ध बदलिए पनि, बिग्रिए पनि, सप्रिय पनि, अन्तर्राष्ट्रिय स्थिति तनावग्रस्त हुनु नराम्रो कुरा हो । कतिले आफ्नो हतियारको दम्भ, आफ्नो शक्तिको दम्भ होइन, हतियारको दम्भ, फलाम र बारुदको दम्भ र टेक्नोलोजीमा अलिकति गरेको विकासको दम्भ, सस्तो मोबाइल हुनेलाई महँगो मोबाइल किन्नेलाई महँगो मोबाइल देखाहार गरेको जस्तो दम्भ, यस्ता दम्भहरूले भएका तनावहरू छन् । अहंकारहरूले गरेका छन् । तर त्यो अहंकारले के भएको छ भने मानव विनाश भएको छ । यो चाहिँ ज्यादै नराम्रो कुरा हो । जेसुकै कारणले होस्, जहाँसुकै होस् । अब अर्को कुरा के हो भने अर्को देशमाथि हस्तक्षेप गर्ने, अर्को देशमाथि त्यहाँ नरसंहार गर्ने अथवा अर्को देशमाथि आक्रमण गर्ने र अब एउटा देशले नै संसारभरी सैनिक आफ्नो उपस्थिति चाहिन्छ, सैनिक सुपरमेसी संसारभरी चाहिन्छ, यहाँ पनि सेना, यो खालको अन्तर्राष्ट्रिय ग्लोबल अर्डर भनेको कि यो खालको अर्डर चाहिँ डिसअर्डर भयो । संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर, संयुक्त राष्ट्रसंघको वडापत्र र संयुक्त राष्ट्रसंघका उद्देश्यहरूमाथि आधारित भएर अन्तर्राष्ट्रिय सम्बन्ध बलिया वा कमजोर, ठूलो वा साना सबैले सञ्चालन गर्नु पर्छ ।
प्रधानमन्त्रीज्यू, नेपाली पोलिटिक्स जेनरली हेर्दाखेरि अब २०८४ सम्म त यही देखियो हैन ? तपार्ईंं एक वर्ष प्रधानमन्त्री हुने अनि देउवाजीलाई हस्तान्तरण गर्ने । तपार्ईंं हरेक दुई हप्तामा एकचोटी अथवा महिनामा एकचोटी तपार्ईंं देउवाजीलाई दिन्छु, देउवाजीलाई दिन्छु किन भनिरहनुपर्छ ? इन्सेक्योर मलाई दिँदैनन् भन्ने ठान्छन् कि के हो ?
होइन, होइन । बाइ द वे, सरकार ढल्छ भन्छन् नि, सरकार फेरिन्छ अब भन्छन् । ए, बाबा पर्खन एक वर्ष, म प्रधानमन्त्रीबाट छोड्दिन्छु शेरबहादुरजी हुनुहुन्छ, फेरियो त । फेरिनलाई एक वर्ष पर्ख, मैले त्यो सरकार फेरिन्छ भन्नेलाई एसो हल्का जवाफ दिएको पो त ।
हल्का त तपाईं अनेक दिइराख्नु हुन्छ नि, २० वर्ष बन्छु वस्छु भनेर अस्ति दिनुभयो नि । मलाई त तपार्ईंंले यो भन्नु हो कि म सधै यहाँ बस्दिन् भन्ने कुरा मलाई राम्रोसंँग थाहा छ । अरूलाई के भन्नु भयो, मेरो सरकारको विषय होइन ।
मैले प्रधानमन्त्री नै हुन्छु भनेको छैन । मैले कुनै प्रकारले यही प्रकार भन्ने छैन । म अध्यक्ष नै भएर भन्ने छैन । तर म बाँचुनजेलसम्म म एमालेबाट पृथक त हुन्नँ । अर्को कुरा के भने, म अध्यक्ष छोडेपछि त्यो अध्यक्षको छेउमा बसेर द्वितीय सिट मेरो हुनुपर्छ भनेर, द्वितीय मर्यादा मलाई चाहिन्छ भनेर, म प्रथम मर्यादा भएको मान्छे द्वितीय मर्यादामा किन जान्छु ? म पहिलो मर्यादा छोड्दै छोड्दिनँ् । म अध्यक्ष छोड्छु, पहिलो मर्यादा छोड्दिन्, त्यो गर्ने उपाय के छ त भन्दा नजिकै आएर दोस्रो सिटमा बसेर र्याइर्याइ गरेर हैन, घर बस्नुपर्छ ।
बास, यो चाहिँ तपार्ईंंले वेल सेड । किसुनजीले पनि एकचोटी के भन्नुहुन्थ्यो भने, बाबु म पोलिटिक्स छोडेका दिन, यो कोही झ्याल खोलेर कुन पत्रकार आयो भनेर पर्खिएर बस्दिन, वन्स माइ डोर्स आर क्लोज, देभिल बी क्लोज फरएभर भनेर, कुन दिन मैले छोडिदिए भनेर । अब यो छोड्ने प्रसङ्गमा चाहिँ यो नयाँ जनेरेशनलाई पोलिटिकल लिडरशीप हस्तान्तरण गर्ने सवाल चाहिँ कुरा त ठूल्ठूलो गर्छन् । एमालेका युवा पनि गर्छन् । कांग्रेसका पनि गर्छन् । तर जब बत्ती बल्छ, त्यो देउवाजीको अगाडि अथवा तपार्ईंंको अगाडि कुनै खासै त्यो देखिँदैन । यो चेन्ज अफ पोलिटिकल लिडरशीप भनेको एउटा स्वभाविक प्रक्रिया हो कि ढोकामा माग्न आएर लिडरशीप दिदिने हो कि अथवा तपार्ईंंको सदाशयताले अथवा आपूmभन्दा अगाडिको जनेरेशनले दिदिने हो के चिज रहेछ ?
यो सदाशयता पनि होइन । जस्तो मेरो लिडरशीपमा रहेको मेरो पार्टीको म के भन्न सक्छु भने, यो आवश्यकताले गर्दा र काम गर्ने सामथ्र्य क्षमता के कस्तो छ, त्यसले गर्दा मेरो काम गर्ने सामथ्र्य छैन, क्षमता छैन भने मैले नछोडेर हुन्छ ? मैले छोड्न पर्ने परिस्थिति आयो भने छोड्नै पर्छ । अनि यो देवताले छोडाइदियो, भगवानले छोडाइदियो, पशुपतीनाथले मलाई त यो अध्यक्षबाट छोडाइदिए भने पनि म बसिरहन्छु भन्ने कुरा हुन्छ ? अथवा मेरो कार्यक्षमता ह्रास भयो, मेरो स्मरण शक्ति ह्रास हो । मैले काम गर्न सक्ने अवस्था रहेन अथवा मेरो भन्दा राम्रो गर्न सक्ने अर्को साथी निस्किसक्यो भने मैले त्याँ बसिरहनु पर्ने, राम्रो गर्नेलाई ठाउँ नदिएर कम राम्रो गर्नेमा कुनै कम्प्रमाइज गर्नुपर्छ भन्ने होइन । तर यो एउटा प्रसेस हो, एक प्रक्रिया हो । यो प्रक्रियाबाट मानिस जान्छ । सबै कुराहरू मिल्छ, मिलाएर नै गर्छ । अब एउटा खास बेलामा यो सही मूल्याङकनको परिपाटी गर्नुपर्ने र सही मूल्याङ्कनको परिपाटी त्यो अन्तिममा गएर महाधिवेशनले गर्ने हाम्रो चलन छ । महाधिवेशन एउटा औपचारिक थलो हो । दुनियाँमा महाधिवेशनमा सघन छलफल गरेर, ए फलनाको यो यति मार्क यति मार्क गर्ने त यो होइन । त्यो भोट भनेको एउटा सेट माइन्डको रिफ्लेक्सन हो । त्यो सर्वसम्मत पनि हुन सक्छ, त्यो भोटबाट पनि हुन सक्छ । तर त्यो एउटा प्रक्रियाबाट मानिसको रियलाइजेसनको कुरा हो । त्यो आवश्यकताको कुरा हो । त्यो परिस्थितिको कुरा हो । कस्तो अवस्था छ र कुन ठाउँमा कसैलाई सेट गर्नुपर्यो, कहाँ पठाउनुपर्यो भने त्यस्तो बेलामा त्यो परिवर्तन हुन्छ ।
त्यो पछिको कुराहरू भए ।
पछिको कुरा ।
अंग्रेजीमा एउटा भनाइ छ नि, वि विल मेक ब्रिज व्हेन रिवर कम्स भन्ने नदी आएपछि पुलको कुरा गरौँला भन्ने । एकदम खुसी लाग्यो तपार्ईंंसँग कुरा गरेर, सोध्नु पर्ने चिजहरू धेरै थिए । तपार्ईंंले समय दिनुभयो । म आभारी छु एकदम । अलवेज अ प्लेजर टु टक टु यु ।
थ्याक यु सो मच । मलाई पनि तपार्ईंंसँग कुरा गर्दा आनन्द आउँछ ।
मैले अब नचिथोर्न सक्छु ।
त्यो कल्चर हाम्रो नेपाली कल्चर होइन ।
तपार्ईंंले जे भन्ने त्यसलाई हो सही हो भन्न सक्छु ।
यस्तो पत्रकारिता पनि होइन । हाम्रो दुईटा देशमा यो पत्रकारिता छ । इण्डिया र नेपाल । बाँकी संसारमा यस्तो झुर पत्रकारिता, पत्रकारिताका नाममा जथाभावी यस्तो हुँदै हुँदैन । यो दुईवटा देशमा चाहिँ अलिकति बढ्दै छ ।
अलिअलि छ, त्यो पनि समयक्रमको चिज हो । तपार्ईंं र इभोल्भ्व भएपछि हामी पनि इभोल्भ हौलान् नि । लिडरसीप जति राम्रो हँुदै जान्छ हामी पनि त्यत्ति संस्कारयुक्त हुँदै जाऔला । जेहोस् एकदम खुसी लाग्यो हो । ओलीज्यू म तपार्ईंंको सुस्वास्थ, दीर्घजीवनको कामना गर्छु ।
थ्याक यू ।
थ्याक यू सर !
(प्रधानमन्त्री केपी शर्मा ओलीले विजयकुमार पाण्डेको ‘दिशानिर्देश’ पोडकास्टलाई दिएको अन्तर्वार्ता ‘१ साउन, २०८१’ प्रधानमन्त्रीको स्वकीय सचिवालयद्वारा तयार गरिएको)
FACEBOOK COMMENTS