काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको केन्द्रीय कार्यालय, च्यासल पुगेका छन् ।
पार्टी कार्यालयमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको भेटवार्ता तय भएको छ ।
भण्डारी केहीबेरअघि नै कार्यालय पुगेकी थिइन् र ओलीको प्रतीक्षामा थिइन् ।
दिउँसो ३ बजेका लागि तय गरिएको यो भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण केही ढिलो गरिएको हो । अब केहीबेरमै दुबै नेताबीच संवाद शुरु हुने तयारी छ।

हालै भण्डारीले सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेत गरेकी छिन् भने एमाले पार्टी भित्रका लगातार बैठकहरू भइरहेका छन्। यस्तो सन्दर्भमा ओली–भण्डारी भेटवार्ताले विशेष राजनीतिक अर्थ राख्ने विश्लेषण


FACEBOOK COMMENTS