काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले कलाम अलीलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ ।
अलीले यस अघि पनि घरेलु क्रिकेटमा विभिन्न टिमलाई प्रशिक्षण दिएका छन् । उनी महिला यू-१९ टिमको समेत प्रशिक्षक बनिसकेका छन् ।
चितवन राइनोजले अघिल्लो सिजन खेलेका ६ खेलाडीलाई रिटेन गरेको छ । जसमा मार्की खेलाडी कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन् ।
एनपीएलको दोस्रो सिजनको खेलाडी अक्सन साउन २४ गते हुदैछ ।
FACEBOOK COMMENTS