काठमाडौं, साउन ५ – काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको सतह बढेको छ।
विष्णुमति, धोविखोला, मनोहरा, हनुमन्ते, नख्खु लगायतका खोला तथा नदीमा पानीको बहाव सतर्कता तह नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नदी तथा नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएको सतर्क रहन अपील गरिएको छ।
FACEBOOK COMMENTS