डिएन घिसिङ
संगीतले कसैको मुड बढाउन सक्छ।संगितले उत्साहित बनाउँछ अनि शान्त र आराम दिन्छ। खेलकुदमा संगीत पनि उत्तिकै महत्त्वपूर्ण रहेको हुन्छ जब खेलाडी जीवनमा सोचनिय गर्ने सम्भावित सबै भावनाहरू महसुस गर्ने अनुभुत दिलाउछ। प्रशिक्षण वा प्रतियोगिता शुरु हुन अगावै संगीतले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। आधुनिक खेलकुद प्रतियोगिताहरुमा खेल शुरु हुनुभन्दा अगाडि आ–आफ्नो राष्ट्रको राष्ट्रिय गान तथा सम्बन्धित खेलकुदको संगीत प्रशारण गर्ने गरिन्छ।जसले खेलाडीलाई उर्जा, हौसला, एकाग्रता प्रदान गरेको हुन्छ । सैद्धान्तिक अनुसन्धानले धेरै प्रसिद्ध खेलाडीहरुमा पनि संगीत श्रवण गर्दै उनीहरूको प्रदर्शन वृद्धि भएको देखिएको छ । खेल र अभ्यासमा म्युजिकबाट कसरी फाइदा लिन सकिन्छः भन्ने हेतुले खेल टेक्नोलोजीको प्रगतिसँगै खेलाडीहरुमा मनोवैज्ञानिक र प्रदर्शन प्रभावहरूको लागि संगीतलाई प्रभावकारी बनाइयो ।
“संगीतले मनोवैज्ञानिक रुपमा पार्ने प्रभावहरूमा मुड, प्रभाव, भावना, मनोवृत्ति, अनुभूति र व्यवहारलाई पर्दछन । थकान, ढिलाइ, आलस्यता जस्ता कार्यहरुले क्षमता बृद्धि गर्न र शारीरिक प्रदर्शन सुधार गर्न जुन खालको समस्या उत्पन्न गर्छ त्यसबाट छुटकारा पाउन संगीतले अचुक काम गर्न सक्दछ ।”
संगीतले मनोवैज्ञानिक रुपमा पार्ने प्रभावहरूमा मुड, प्रभाव, भावना, मनोवृत्ति, अनुभूति र व्यवहारलाई पर्दछन । थकान, ढिलाइ, आलस्यता जस्ता कार्यहरुले क्षमता बृद्धि गर्न र शारीरिक प्रदर्शन सुधार गर्न जुन खालको समस्या उत्पन्न गर्छ त्यसबाट छुटकारा पाउन संगीतले अचुक काम गर्न सक्दछ । संगितको प्रभाव मानव उत्साहमा पर्ने हुँदा यसबाट खेल प्रदर्शनमा स्फुर्ती कायम हुन्छ । प्रायः खेलाडीहरुले प्रशिक्षणको समयमा सामुहिक वा एकल रुपमा श्रवण गरेर उत्कृष्ता वा शक्तिको अपेक्षित स्तरभन्दा अधिक परिणाम हासिल गर्छन । खेलकुदमा संगीतलाई दुई भागमा विभाजन गरिएको छः (क) भावनात्मक गीत(Emotional song) (ख) मनोरञ्जनात्मक गीत (Entertaining song)
(क) भावनात्मक गीत– भावनात्मक गीतले खेलाडीहरुलाई बढि जिम्मेवार बनाउँछ । समाजमा रहेका विगत र वर्तमानसँग जोडिएका भावहरु अर्थात् सदावहार गीतले खेलाडीलाई प्रभावित बनाएको हुन्छ, जस्तैः राष्ट्रिय गीत, खेलसँग सम्बन्धित गीत, समाजको प्रतिबिम्बित गीत ।
(ख) मनोरञ्जनात्मक गीत– मनोरञ्जनात्मक गीतले खेलाडीलाई शरीरिक रुपमा उर्जा प्रदान गर्छ । यसमा मुडअनुसार खेलाडीले गीत सुन्ने र शरीरलाई चलायमान बनाउने गर्छन् । प्रशिक्षण तथा प्रतियोगिता स्थलहरुमा समुहगत चलन चल्तीका गीतहरु प्रयोग गरिन्छ, जस्तैः आधुनिक गीत, लोकप्रिय गीत ।
“खेल कौशल सुधार र स्फुर्त स्वास्थ्य प्रयासको लागि संगीत थेरापी एक सरल विधी पनि हो। संगीत आफैमा अनुभुती हुने हुदा ग्रहण गर्ने ब्यक्तिले कल्पनामा लिन भएर उर्जा भर्ने काम गर्दछ ।”
संगीत थेरापीको प्रयोग खेलमैदानमा होस या बाहिर खेलाडीको स्तर सुधारका लागि संगीत प्रभावकारी इन्जोईन्क क्लिनिकल प्रयोग हो। संगीत थेरापिमा धेरै पक्षहरू प्रयोग हुन्छ – जस्तै शारीरिक, भावनात्मक, मानसिक, सामाजिक, सौन्दर्य, अध्यात्म ,सामाजिक, ग्रहणात्मक । खेल कौशल सुधार र स्फुर्त स्वास्थ्य प्रयासको लागि संगीत थेरापी एक सरल विधी पनि हो। संगीत आफैमा अनुभुती हुने हुदा ग्रहण गर्ने ब्यक्तिले कल्पनामा लिन भएर उर्जा भर्ने काम गर्दछ ।
अनुभवहरूमा सकारात्मक , पुन: निर्माण, रचना, ग्रहणशील विधिहरू मनमोहक रहेको हुन्छ। खेलाडीको मानसिक स्थिती र प्रदर्शन खेलकुदमा सबै भन्दा महत्वपूर्ण पक्ष रहन्छ। जस्तो कि कुनै पनि खेलाडीले आफ्नो अनुभव र विश्वास निर्माण गरेर जब मह्त्वपुर्ण प्रतियोगिता वा प्रशिक्षणमा सामेल भएका हुन्छन् तब त्यहा खेलाडीको मानसिक विचार दुई पक्षमा विभाजन भएका हुन्छ। जस्तै: (क)आत्मबिश्वास र (ख)संकिर्ण सोच(डर) ।
“खेललाई कुशल बनाउने र प्रदर्शन सुधार गर्ने निरन्तर प्रयासमा, खेलाडीहरू जहिले पनि कुनै न कुनै कुराको खोजीमा रहन्छन । जसले उनीहरूलाई आत्मविश्वास दिलाओस ।”
खेललाई कुशल बनाउने र प्रदर्शन सुधार गर्ने निरन्तर प्रयासमा, खेलाडीहरू जहिले पनि कुनै न कुनै कुराको खोजीमा रहन्छन । जसले उनीहरूलाई आत्मविश्वास दिलाओस । तसर्थ वर्तमान परिवेशमा निहित डर वा संकिर्ण सोच हटाउन सङ्गीतको प्रयोग विश्व ब्यापी रुपमा बढेको छ । कसरत गर्दा संगीत सुन्नु खेलाडीको लागि धेरै लोकप्रिय अभ्यास हो। यसले परिवर्तित स्वभावलाई नियन्त्रण पनि गर्दछ । र विभिन्न अध्ययनहरुले पनि शारीरिक प्रदर्शन बढाउँन सङ्गीतले प्रभावकारी भुमिका निभाउने दर्शाएका छन ।
FACEBOOK COMMENTS