काठमाडौँ । भारतको जम्मू कश्मीरको किश्तवार जिल्लाको चिशोती गाउँमा बादल फुटेको घटना सार्वजनिक भएको छ ।
जसमा ठुलो जनधनको क्षति भएको आशंका गरिएको छ । घटना मचैल माता यात्राको मार्गमा रहेको पडार उपविभागमा भएको हो । अहिले उद्धार कार्य जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बादल फुटेको घटनापछि चिशोती गाउँमा अचानक बाढी आएको थियो, जसले धेरै घरहरूमा क्षति पुर्याएको बताइएको छ ।
जिल्ला प्रशासन र एनडीआरएफ टोलीहरू उद्धार कार्यमा जुटेको र बाढीले काठको पुल र पीएमजीएसवाई पुल दुवै क्षतिग्रस्त भएको बताइएको छ ।
स्थानीय प्रशासनले उद्धार टोलीहरू घटनास्थलतर्फ प्रस्थान गरेको र आवश्यक उद्धार र चिकित्सा व्यवस्थापनको व्यवस्था गरिएको बताएको छ ।
FACEBOOK COMMENTS