२५ वर्ष अघि नेपालमै पहिलो पटक रिकन्डिसन मोटरसारकल को शो रुमबाट अटो क्षेत्रमा प्रवेश गरेको हुँ ।
पोखराबाट शुरु भएको यो व्यवसाय अहिले काठमाण्डौमा पनि विस्तार भएको छ । अहिले मोटरसाइकल मात्र होइन फोर्ड गाडिको पनि डिलर हौं पोखरामा । सुजुकि मोटरसाइकल, केसिई हेबी इक्युप्मेन्ट , होन्डाई लगाएतको पोखरामा अथोराईज डिलर हौं ।
२५ वर्ष अघि भन्दा अहिले प्रतिस्पर्धामा धेरै भएको छ । समय अनुसार गाडि मार्केटमा ब्रिक्रिहुने गरेका छन् । अहिले हुन्डाई , मारुती सुजुकी र फोर्डको कारहरु बजारमा धेरै माग छन् ।
केहि वर्ष अघि बैंकले प्रईभेटमा गाडिमा लगानी धेरै गर्थे तर अहिले बैंकले लगानी कम गरेका छन् । तेती मात्र होईन सरकारले पनि दैनिक आवश्यक भैसकेको गाडि विलासिताको नाममा संसारकै बढी भन्सार लगाएको छ । त्यसमा मापदण्ड राख्दा हुन्छ कति सिसि भन्दा माथिकालाई विलासिता भन्ने हो त्यो सरकारले निर्धारण गर्नु पर्छ ।
सरकारले विद्युतिय गाडिमा कम भन्सार लगाए पनि विद्युतिय गाडिको लागि चाहिने पूर्वधार निमार्ण भैसकेको छैनन् । विद्युतिय गाडि लिएर लामो यात्रा गर्न जाने वातावरण नभए सम्म विद्युतिय गाडिको बजार फस्टाउँदैनन् ।
अटो व्यवसाय वृद्धीको लागि सरकारले नियमकानुन लगानी अनुकुल बनाउनु पर्यो । यी लुट्न आएका हुन भन्ने भावना सरकारले त्याग्नु पर्छ । कसैले नेपालमै गाडि उत्पादन गर्छु भन्छ भने सरकारले त तिनिहरुको लागि त विषेश सुविधा दिनु पर्ने हो । यहाँ उत्पादन गरेको गाडि र विदेशबाट ल्याएको गाडिमा एउटै अन्तः शुल्क लगाउनु न्यायीक भएन । समृद्ध राष्ट्र निमार्णको लागि सरकारले निजी क्षेत्रलाई हतोत्साहित बनाउनु भएन ।
धुब्र बहादुर थापा संस्थागत उपाध्यक्ष नाडा अटो एशोसिशन तथा हिमालय ग्रुपका अध्यक्ष हुन् ।
FACEBOOK COMMENTS