काठमाडौँ । रुसले युक्रेनका शहरहरूमाथि आक्रमण गरेको छ । खार्किभको एक अपार्टमेन्ट ब्लकमा रुसी ड्रोन आक्रमणमा एक बच्चा सहित कम्तिमा चार जनाको मृत्यु भएको युक्रेनका मिडियाहरुले उल्लेख गरेका छन् ।
आक्रमणबाट भवनको एक भाग भत्किएको छ र धेरै मानिसहरू भग्नावशेषमा फसेको आशंका गरिएको छ ।
स्थानीय अधिकारी इभान फेडोरोभले जापोरिजिया क्षेत्रमा ग्लाइड बम प्रयोग गरेर रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र छ जना घाइते भएको बताएका छन् ।
युक्रेनी वायुसेनाले रातभरि रुसले युक्रेनमा चार वटा मिसाइल र १४० वटा ड्रोनले आक्रमण गरेको बताएको छ । वायुसेनाले २५ विभिन्न स्थानमा ८८ वटा ड्रोन खसालेको दाबी गरेको छ ।
FACEBOOK COMMENTS