काठमाडौँ । विपक्षी दलहरुले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने निर्णय गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले उपसभामुख हटाउन चालेको कदमको भर्त्सना गर्दै असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको हो ।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् कब्जा गर्ने नियत राखेको बताउदै प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने ‘आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को आयोजनामा भएको संसद्मा क्रियाशील प्रतिपक्षी पार्टीहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले चालेको यस कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गरेको छ । राज्य प्रणाली कब्जा गर्ने प्रयासको विपक्षी दलहरुले प्रतिवाद गर्नेछ ।’
विपक्षी दलहरुले सत्तारुढ दलका यस्ता कदमहरुले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदै लागेको निष्कर्ष निकालेका छन् ।
कांग्रेस र एमालेले उपसभामुख राना मगरले पद अनुकुल आचरण नगरेको आरोप लगाउदै महाभियोग लगाएर हटाउने तयारी गरेका छन् ।
FACEBOOK COMMENTS