काठमाडौं – हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबल कार निर्माण हुन लागेको छ ।
कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकार निर्माण गर्न लागिएको हो ।
हालसम्म विश्वमा १५ किलोमिटर भन्दा लामो केबलकार निर्माण भएका छैनन् । संसारकै लामो केबलकार निर्माण गर्न लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालीबिच १८ महिनाभित्रै विस्तृत परियोजना प्रस्ताव (डीपीआर) बनाउने सम्बन्धी सहमति पत्रमा हस्ताक्षरभएसँगै केबल कारको काम अघि बढेको हो ।
कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८३.६५ किलोमिटर लामो केबलकारको निर्माण लागत करिब ३४ करोड अमेरिकी डलर बराबर हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ । यो केबल कार निर्माण भएमा पोखराबाट मुक्तिनाथसम्मको यात्रा केहि घण्टामै सिमित हुनेछ ।
डीपीआर निर्माण सम्बन्धी सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालीका अध्यक्ष अरुण कुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।
बिरेठाँटीमा मुल स्टेशनसहित केबलकारका ६ वटा स्टेशनहरु रहनेछन् । घोरेपानी, तातोपानी, लेते मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथमा सब स्टेशनहरु निर्माण हुनेछन् ।
२०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले बिरेठाँटी मुक्तिनाथ केबलकारको डीपीआर तयार पार्न निर्देशन दिएको थियो ।
FACEBOOK COMMENTS