काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा भारतको चुनावमा सहयोग गरेको दाबि गलत पुष्टि भएको छ ।
अमेरिकी एजेन्सी युएसएआईडी ९युएसएआईडी० ले भारतमा मतदान बढाउन १८२ करोड भारु दिएको ट्रम्पको दाबि गलत पुष्टि भएको हो ।
ट्रम्पको भनाइपछि, भारतीय विदेश मन्त्रालयले भारतस्थित अमेरिकी दूतावासलाई विगत १० वर्षको रेकर्ड मागेको थियो । जवाफमा, दूतावासले जुलाई २ मा एक प्रतिवेदन जारी गरेको थियो ।
प्रतिवेदनमा, अमेरिकी दूतावासले स्पष्ट रूपमा उनीहरूले त्यस्तो कोष प्राप्त नगरेको र कसैलाई नदिएको जवाफ दिएको छ । यसमा २०१४ देखि २०२४ सम्मको सबै अमेरिकी सहायताको विवरण थियो ।
दूतावासले यस अवधिमा भारतको चुनावी प्रक्रियाको लागि कुनै पनि कोष प्रदान नगरिएको बताएको छ । यो विवरण भारतीय विदेश मन्त्रालयले बिहीबार राज्यसभामा जानकारी दिएको हो ।
ट्रम्पले फेब्रुअरी १६, २०२५ मा, अमेरिकी सरकार दक्षता विभागले विश्वभरका अन्य देशहरूलाई युएएडको ४८६ मिलियन डलरको कोष रद्द गर्ने घोषणा गरेका थिए । डोजले यसमा भारतमा मतदाता मतदान बढाउन १८२ करोडको कोष पनि समावेश थियो । ट्रम्पले पटक पटक भारतलाई दिएको सहयोग बारे दाबि दोहोराएका थिए ।
FACEBOOK COMMENTS