काठमाडौँ, साउन ७ – काठमाडौँमा पछिल्लो २४ घण्टा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले काठमाडौँमा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुई जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो।
FACEBOOK COMMENTS