काठमाण्डौं, साउन ०७ – ललितपुरमा केन्द्रीय कार्यालय रही राष्ट्रियस्तरको सहकारी पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले सहकारी–सहकारी बीच बृहद एकीकरण अभियान संचालन गर्ने भएको छ । ७७ जिल्ला र ७५३ स्थानीयतहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहदएकीकरण अभियान संचालन गर्न लागेको हो ।
बृहद एकीकरणका लागि संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि। ले २२ औं साधारणसभाबाट निर्णय गरी अध्यक्ष सिवीलामाको संयोजकत्वमा मर्जर कमीटी समेत निर्माण गरेको छ । यहि समितिमार्फत एकीकरणका लागि इच्छुक सहकारी संस्थाहरुका साथै सरोकारवालाहरुसँग सहजिकरण र समन्वय सुरु गरिएको छ ।
संविधानमै अर्थतन्त्रको एक खम्बा मानिएको सहकारी अभियानबाट राज्यले राखेको उद्देश्य पुरा गर्नका लागि बृहद एकीकरण अभियान संचालन गर्न लागिएको संयोजक लामाले जानकारी दिनुभयो ।
“स–साना संस्था संचालन गरेर अब राज्यले सहकारी अभियानबाट राखेको अपेक्षा पुरा हुदैन” उहाँले भन्नुभयो, “त्यसका लागिएकरदुई वटा संस्थाएकीकरण गरेर पुग्दैन, वृहद एकीकरण गरी बलियो पुँजीगतआधार सहितको ठूलो नेटवर्क भएको संस्था बनाउन आवश्यक छ ।”
अहिले सहकारी अभियानमा ३५ हजार संघसंस्थादर्ता भएपनि देशको अर्थतन्त्रमा सहकारीको योगदानन्यून छ । संस्थाहरु स–सानो हुँदापुँजी छरिन गई सहकारीमार्फत अत्याधुनिक सेवाप्रदानगर्न र ठूला ठूला परियोजनाहरुमालगानी समेत गर्न सकिएको छैन । यहि कारण पूँजीगतआधार बलियो भएको दिगो सहकारी संस्थानिर्माण गरी त्यसमार्फत सदस्यलाई प्रविधिमाआधारित अत्याधुनिक सेवाप्रदानगर्ने र सहकारीमार्फत उत्पादनमुलक ठूला उद्योग तथाव्यवसाय संचालनगर्ने लक्ष्य रहेको संयोजकलामाले बताउनुभयो ।
संघिय सरकारले आर्थिक वर्ष २०७७/०७८ बजेट वक्तव्यमापनि सहकारीसंस्थाहरुलाई एकीकरणका लागिप्रोत्साहनगर्ने उल्लेख गरेको छ । यसैगरी संघिय सहकारी विभागका साथै राष्ट्रिय सहकारी महासंघलगायतका संघसंस्थाले पनि सहकारी एकीकरणलाई प्रोत्साहनगरिरहेका छन् ।
बृहदएकिकरण अभियानमा सहकार्य, समन्वय र हातेमालो गर्नका लागि सम्पूर्ण सरोकारवालाहरुलाई संयोजकलामाले आग्रहगर्नुभयो ।
FACEBOOK COMMENTS