काठमाडौं । बुङ्गल हाइड्रो कम्पनीले सर्वसाधारणका लागि भदौ १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा तथा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेर अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँको २९ लाख ५ हजार कित्ता सेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमा ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित स्थानिय, २ लाख ७ हजार ५०० कित्ता सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
यस्तै कम्पनीले १ लाख ३ हजार ७५० कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरुका लागि र ६२ हजार २५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले १७ करोड १ लाख ५० हजार रुपैयाँको १७ लाख १ हजार ५०० कित्ता सेयरण् निष्कासन गर्ने जनाएको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन भदौ १९ गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ ३० गतेसम्म दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS