काठमाडौँ । भियतनाममा शक्तिशाली आँधी ‘काजिकी’ आएको छ।
भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ।
यसका साथै भारी वर्षा, बाढी र पहिरोको खतरा भएको पनि मौसम विभागले जनाएको छ । सरकारले ५ लाख ८६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा पुग्न आदेश दिएको छ।
राहत र उद्धार कार्यका लागि हजारौं सैनिकहरूलाई तयार राखिएको छ । प्रभावित क्षेत्रमा रेल र उडानहरू रोकिएका छन् भने विद्यालयहरू पनि बन्द गरिएका छन् ।
मौसम विभागका अधिकारीहरूले यो आँधी गत वर्षको आँधी ‘यागी’ जत्तिकै शक्तिशाली साबित हुन सक्ने बताइएका छन् ।
यागीले लगभग ३०० जनाको ज्यान लियो र अर्बौंको क्षति पुर्याएको थियो । टाइफुन काजिकी पहिले चीनको हेनान टापु नजिकैबाट गएको थियो, जहाँ दक्षिणी भागहरूमा भारी वर्षा र हावा चलेको देखिएको थियो ।
अब भियतनामका पूर्वी क्षेत्रहरू यसको प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । स्थानीय प्रशासनले सर्वसाधारणहरूलाई सतर्क रहन अपील गरेको छ ।
FACEBOOK COMMENTS