काठमाडौँ । आज नेप्सेको परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको हो ।
सोमबारको कारोबारमा विभिन्न ३१७ कम्पनीका एक करोड ८ लाख ७७ हजार ९४२ कित्ता शेयर ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने विकास हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरि आरबिबी म्युचुअल फण्ड १ को शेयर सबैभन्दा बढी ३.८७ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्सको ७६ करोड ९६ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ३९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS