साउन ८ – कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
दैलेखको आठबीस नगरपालिका वडानम्बर १ का दुई महिलासहित ११ जना रहेका छन् । उनीहरु ४ देखि ४१ वर्षका छन् । सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन् ।
यस्तै, दैलेखकै महाबु गाउँपालिका वडानम्बर १ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन् । महाबुकै वडानम्बर ३, ४ र ५ का ४९ देखि ७० वर्षका तीनजना पुरुष पनि संक्रमित भएका छन् । दैलेखका अर्का एकजना संक्रमित डुङ्गेश्वर गाउँपालिका-१ का पुरुष हुन् ।
यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन् ।
FACEBOOK COMMENTS