काठमाडौं, साउन ९ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको उक्त रकम लिएर सुनसरीबाट रौतहटतर्फ गइरहेका उनलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
अख्तियारका दुरुपयोग अनुसन्धान आयोगका अनुसार डिभिजन वन कार्यालयको बा २ झ ४१० नम्बरको सवारी साधानमा श्रीमतीसहित रौतहट गइरहेका उनले उक्त रकम सवारी साधनमा लुकाएको उजुरी परेपछि नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि थप अनुन्धान सुरु भएको आयोगले जनाएको छ ।
FACEBOOK COMMENTS