काठमाडौं । सोमबार दिउँसो नयाँ बानेश्वर रणभूमिमा परिणत भयो ।
एकाएक जेनेरेशन–जेड अर्थात् ‘जेन्जी’ आन्दोलनमा रक्तपात मञ्चियो । काठमाडौंको सडकमा आएका बालबालिकामाथि गोली बर्साइयो । त्यति मात्र कहाँ होर, जनताका छोराछोरीलाई टाउको मै ताकेर गोली हानि हत्या गरियो ।
नेकपा एमाले र कांग्रेस गठबन्धन सरकारको क्रुरता, तुच्छता, अपराध र निरङ्कुशताको ताण्डवका कारण, कलिला युवा रगतले लत्पतिए, आमाका कोख रित्तिए, देशका भविश्य सडकमै गर्लम्मै ढले ।
जेन्जी पुस्ताले भ्रष्टाचार, बेथितिको विरुद्धमा र स्वतन्त्र रूपमा आफ्नो अभिव्यक्ति दिन पाउनुपर्छ भनेर आवाज उठाएको हो । सामाजिक सञ्जालबाट सरकारको विरोध जनाइरहेको जेन्जी पुस्ता आज सडकमा आएर भ्रष्टचारविरुद्ध आवाज उठाउँदा छाती र टाउकोमा गोली खानु पर्यमे ।
के यहि हो नेपालको नेपालको संविधानमा व्यवस्था गरिएको अभिव्यक्तिको स्तन्त्रता ? के भ्रष्टाचार विरुद्धमा आवाज उठाउँदा कलिला बालबालिकाले राज्यलाई ज्यानको मूल्य तिर्नुपर्ने हो ?
के बेथिति विरुद्धको आवाज दबाउनका लागि सरकारले कलिला शरीरमा गाली बर्साउनै पर्थ्यो ? यी यावत प्रश्न उब्जिएका छन् ।
अशान्त बन्दै देशको अवस्था
यति बेला देशका सबै स्थानमा जेन्जीको आन्दोलन चर्किदै जाँदा देश अशान्त बनेको हो । सडकमा जेन्जीका नारा गुञ्जिरहेको छ । आगोको मुस्लो दन्किरहेको छ । प्रदर्शनकारीले नेता, मन्त्रीका घरमा आगो लगाएका छन् ।
संसद भवनमा पनि आगलागी भएको छ । सिंहदरबारमा समेत जेन्जी प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । प्रहरी विटमा पनि आगजनी भएको छ ।
रास्वपाका सबै सांसदहरूले राजीनामा दिसकेको अवस्था छ । स्वास्थ्यमन्त्री, कृषिमन्त्री उर्जामन्त्रीले पनि राजीनामा दिइसकेका छन् । प्रदेशका मुख्यमन्त्रीहरूले पनि राजीनामा दिइरहेका छन् ।
काठमाडौंमा मात्र नभई देशैभरीका पोखरा, इटहरी, झापा, विराटनगर, सुर्खेत, दाङ लगायतका सहरहरूमा जेन्जी पुस्ताले प्रदर्शन गरिरहेका छन् । ति क्षेत्रमा पनि तनाव ग्रस्त अवस्था सिर्जना भएको छ । काठमाडौं लगायतका विभिन्न सहरमा कफ्र्यूृृृृृृ जारी गरिएको छ । तर कफ्र्यूृृृृृृ जारीको बावजुट पनि प्रदर्शन झनै चर्किएको छ ।
यी सबै घटनाक्रमहरूका कारण अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा दिएका छन् । उनको राजीनामापछि आन्दोलन केही साम्य हुने अनुमान गरिए पनि यो सामग्री तयार पार्दासम्म उनीहरूले शीतल निवास, विशेष अदालतलगायत सार्वजनिक सम्पत्तिहरूमाथि आगजनी र तोडफोडको श्रृङ्खला रोकेका छैनन् ।
कुन–कुन स्थानमा के के भयो ?
संसद भवनमा आगलागि
संसद् भवनमा प्रदर्शनकारीहरूले आगो लगाएका छन् । मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवनमा आगो लगाएका हुन् । संसद भवनमा आगोको मुस्ला दन्किरहेको छ ।
सर्वाेच्च अदालत र महान्यायाधीवक्ता कार्यालयमा तोडफोड
जेन्जी टीमले सर्वाेच्च अदालत र महान्मायायाधीवक्ता कार्यालयमा समेत तोडफोड गरेका छन् ।
प्रधानमन्त्रीले दिए राजीनामा
जेन्जी आन्दोलन चर्किदै गएपछि अन्नतत प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्विकृत गरिसकेका छन् । वलीको राजीनामासंगै सरकार ढलेको छ ।
यससँगै राष्ट्रपतिले अब के गर्ने भन्ने छलफल पनि थालेका छन् । उनले कस्तो सरकार बनाउने भन्ने बिषयमा परामर्श थालिसकेको जानकारी प्राप्त भएको छ ।
राजीनामा दिने लाइनमा सांसद र मन्त्रीहरू पनि
जेन्जी प्रदर्शन चर्किदै गएपछि मन्त्री र सांसदहरूले धमाधम राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामाअघि सोमबार राती गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए । मंगलबार बिहान कृषिमन्त्री रामनाथ अधिकारी र दिउँसो स्वास्थ्य मन्त्री प्रदिप पौडेलले राजीनामा दिए ।
आन्दोलन चर्किदै जाँदा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि पदबाट राजीनामा दिएका छन् । कांग्रेसकै तीन तीन जना मन्त्रीले राजीनामा दिइसक्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा चुप बसेका छन् ।
रास्वपाका सबै सांसदहरूले राजीनामा दिसकेका छन् । त्यसैगरी राप्रपाका पनि सबै सांसदहरूले राजीनामा दिएका छन् ।
कहाँ–कहाँ भयो आगजनी
सुदूरपश्चिम प्रदेश र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आगजनी भएको छ । मंगलबार प्रदर्शनकारीहरूले उक्त स्थानमा आगजनी गरेका हुन् । रौतहटको चन्द्रनिगाहपुरमा पनि प्रदर्शकारीले प्रहरीको गाडीमा आगो लगाएका छन् । उक्त स्थानमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
प्रदर्शनकारीहरूले काठमाडौंको गौशालामा प्रहरीमाथी सुलती बम प्रहार गरेका छन् । ठुलो संख्यामा चावहिलबाट गौशालातर्फ बढेका जेन्जी प्रदर्शनकारीहरूले प्रहरीमाथी सुतली बम प्रहार गरेका हुन् ।
त्यसैगरि प्रदर्शनकारीहरूले प्रहरीको तीनकुने स्थित प्रहरी वृत्तमा आगजनी गरेका छन् । डीएसपीले नेतृत्व गर्ने कार्यालयमा आगजनी गरेर प्रदर्शनकारीहरूले हतियार समेत लुटेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजनी गरिएको छ ।
मंगलबार जेन्जी पुस्ताका युवाहरूको समूहले ललितपुर महानगरपालिका वडा नम्बर २६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, नेपाली कांग्रेसको पार्टी कार्यालयमा पनि आगो लगाएका छन् ।
नेता, मन्त्रीहरूको निजी निवासमा आगजनी र तोडफोड भएको छैन जेन्जी प्रर्दशनकारीले सरकारी भवनमा समेत आगजनी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपनि आन्दोलन मत्थर हुने अवस्था देखिएको छैन । जेनजी प्रदर्शनकारीहरु अझैपनि नेताहरुको निजी निवासमा आगजनी गरेको समाचारहरु आइरहेका छन् ।
FACEBOOK COMMENTS