कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आजदेखि लागू हुनेगरी कर्फ्यू आदेश हटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश हटाइएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(१) र ६(३) बमोजिम लगाइएको निषेधाज्ञा भने भोलि बिहान ५ बजेसम्मका लागि निरन्तरता दिइएको छ ।
निषेधाज्ञामा उल्लेख भएका स्थानसहित आवश्यक सर्तको पालना गर्नहुन उहाँले सबैलाई आग्रह गर्नुभयो । आज दिउँसोदेखि बन्द अवस्थामा रहेको जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् ।
FACEBOOK COMMENTS