काठमाडौ – सत्तारुढ दल नेकपा बिभाजन हुन नहुने बिचार पार्टी सम्बद्ध नेता कार्यकर्ता व्यक्त गर्न थालेका छन्। नेकपा भित्र आन्तरिक शक्ती संघर्श चलिरहदा पार्टी भित्र शिर्श नेता बिच बढदो दुरी माझ आज (आईतवार) संवाद क्लव नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य देबेन्द्र पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुटने दावी गरे । नेता पौडेलले ‘आजको आबश्यकता नेकपालाई जनताले दिएको बिश्वास गुमाउन दिदैनौं भन्दै आफु आफनो ठाउँबाट पार्टीलाई अझ बलियो बनाउन लागेको समेत स्पष्ट पारे ।
‘म लगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौ, दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागि पर्नु भएको छ’ उनले बताए । ‘हाम्रो पुस्ताले यो पार्टी फुटन दिनु हुदैन । यदि पार्टी फुटयो भने जनताले दिएको बिश्वास गुम्ने छ, यस बिषयमा हामीले दुवै पार्टी अध्यक्षलाई भेटेर भनेका छौ । पार्टी बिभाजन भनेको जनताको भावना , अपेक्षा बिपरितको कुरा हो । यसो गरिनु हुदैन । यो पार्टी बचाउन सक्नु हुन्न भने हामी तपाईलाई साथ दिने छैनौ’ उनले आफ्नो कुरा राख्दै भने । ‘अध्यक्षलाई राजीनामा दिने कुरा पार्टीमा उठेको छैन , कार्यबिभाजनको कुरा मात्र उठेको हो । बिवादको चुरो कुरो भनेको कार्य बिभाजनको कुरा हो अरु केही होइन कार्य बिभाजनमा प्रधानमन्त्रीले निकास दिनु पर्छ ।’ नेता पौडेलले सरकारले जनताको अपेक्षा बमोजिम काम गर्न नसकेको कुरा भने स्वीकारे । पुष्पकमल दाहालले पार्टी एकता बलियो बनाउन पार्टी भित्र खेलेको भूमिका उच्च प्रशंसानिय रहेको उनले औल्याए ।
‘पार्टी बलियो बनाएर लैजानका लागी पुष्पकमल दाहाल प्रचण्डले कुरा मिलाउन कहिले माधव कमरेडलाई भेटनु हुन्छ , कहिले झलनाथ खनाललाई भेटनु हुन्छ , कहिले बामदेव संग भेट हुन्छ यस्ता कुरालाई गुट बनाएर राजनीतीक भयो भनेर हल्ला गर्नु बेकारको कुरा हो’ उनले थपे । नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरी खतिवडाले सरकार गठन भएको लामो समय वितिसक्दा समेत सरकारले जनअपेक्षाका कुनै राम्रो काम गर्न नसकेको आरोप लगाए ।
नेकपा पार्टी आन्तरिक विवादमा अल्झिएको बताउदै संकट तर्फ उन्मूख भएको विचार पोखे । ‘राम्रो संग आफनो पार्टी चलाउन नसक्ने नेकपाले सरकार कसरी चलाउन सक्छ’ उनले प्रश्न गरे । नेपाली कांग्रेस सरकार नढलाउन न बचाउन लागेको भन्दै नेकपा भित्रको विवादले नै सरकार संकटमा परेको नेता खतिवडाले भनाई थियो । कार्यक्रममा क्लवका संरक्षक श्रीधर खनालको पनि सहभागीता रहेको थियो । कार्यक्रम राम गैरेको सभापतित्वमा सम्पन्न भएको थियो ।
FACEBOOK COMMENTS