काठमाडौं । कामना सेवा विकास बैंकले साधारण सभा बोलाएको छ ।
बैंकले असोज २४ गते १९ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे सुरु हुनेछ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले सभा बोलाएको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट ३ जनासहित ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव लैजाने छ ।
सभा बोलाएको बैंकले असोज ८ गते एक दिन बुकक्लोज गर्ने भएको छ । असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS