काठमाडौं, साउन १३ – अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । सोमबार शुरु परीक्षणमा ३० हजार जना सहभागी छन् ।
नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ नै भन्ने ग्यारेन्टी भने भइसकेको छैन । परीक्षणमा सहभागी स्वयंसेवकलाई पनि उनीहरूलाई वास्तविक खोप दिइँदैछ वा नक्कली भन्ने बताइएको छैन ।
दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्यो भनेर पत्ता लगाउने छन् । विश्वमा कोरोना महामारी घट्नुको सट्टा झन तीब्र भइरहेका बेला हुन गइरहेको यो परीक्षणलेले विश्वमाझ आशा जगाएको छ ।
FACEBOOK COMMENTS