काठमाडौँ । लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको मूर्तिमा तोडफोड गरिएको छ ।
अक्टोबर २ मा बार्षिक गान्धी जयन्ती समारोहको केही दिन अघि भएको यस घटनाको लन्डनस्थित भारतीय उच्चायोगले कडा निन्दा गरेको छ । भारतीय उच्चायोगले लन्डनको ट्याभिस्टक स्क्वायरमा रहेको महात्मा गान्धीको मूर्तिमा तोडफोड गर्नु लज्जास्पद कार्य भएको उल्लेख गरेको छ ।
उच्च आयोगले भनेको छ– ’हामी यसको कडा निन्दा गर्छौं । यो केवल तोडफोड मात्र होइन, तर अन्तर्राष्ट्रिय अहिंसा दिवसको तीन दिन अघि अहिंसाको विचार र महात्माको विरासतमाथि हिंसात्मक आक्रमण हो ।
भारतीय उच्चायोगले यो विषयलाई तत्काल कारबाहीको लागि स्थानीय अधिकारीहरूसँग गम्भीरतापूर्वक जानकारी लिइएको जनाएको छ । उच्चायोगले आफ्नो टोली घटनास्थलमा उपस्थित रहेको र मूर्तिको
गरिमा पुनस्र्थापित गर्न अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS