काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका –१ वनकसवासामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
धनगढीबाट काठमाडौं जादै गरेको ना.८ ख ५७०३ नम्बरको बस बिहान ६ बजे दुर्घटना भएको जिल्ला टफिक प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा सवार ३६ जना घाइते भएका छन्। दुर्घटनामा एक महिलाको मृत्यु भएको तर उनको नाम र वतन खुल्न नसकेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले बताए।
घाइतेहरू मध्ये ४ जनाको अवस्था गम्भीर रहेको टफिक प्रहरीले जनाएको छ।
गम्भीर घाइते र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको छ ।

दुर्घटना स्थल राजमार्ग सामान्य मोड रहेको छ। बिहानको समय भएका कारण चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

FACEBOOK COMMENTS