काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको भदौं २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोग नमान्ने बताएका हुन् ।
एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आयोगलाई नक्कली भन्दै आयोगलाई एमालेलाई मान्य नरहेको बताएका हुन् ।
उनले यसअघि नै ओलीलाई कारवाही गर्नुपर्छ र जेल हाल्नुपर्छ भन्ने व्यक्तिलाई नै अध्यक्ष बनाएर आयोग बनाएको र सोहि आयोगको प्रतिवेदन अनुसार अगाडी बढ्छौं भनेको भन्दै यो आयोग नमान्ने बताएका छन् ।
ओलीले अहिलेका गृहमन्त्रीले कारवाही नगरेपनि यो अपराध क्षम्य नहुने बताएका हुन् । ओलीले अराजकता देशमा स्थायी हुन नसक्ने बताउदै कानुनी राजमा देशलाई फर्काउने बताउदै जेनजीको उद्धेश्य देशमा शान्ति र सुव्यवस्था कायम गर्ने भन्ने रहेको बताए ।
ओलीले माओवादी केन्द्र, रास्वपा र राप्रपाले पर्दा पछाडी बसेर पेट्रोल हानेको आग्रह गर्दै जेनजीले कहिल्लै पेट्रोल नहान्ने दाबी गरे । ओलीले अहिलेका मन्त्रीहरु आफ्नो सम्पत्ति छानबिन गर्न तयार छन् भन्ने प्रश्न गर्दै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।
ओलीले जेनजी आन्दोलनपछि विदेश जाने नेपालीलाई भिसा नदिने भन्न थालिएको, होटल जलाइएको छ र विदेशी पर्यटकको अवस्था के होला ? भन्दै नेपाललाई अस्थिरता बनाउन यस्तो गरिएको आरोप लगाए ।
ओलीले नेपालका र विदेशका पैसाले आन्दोलन गरिएको दाबि गर्दै समयक्रममा यो विषय खुल्दै जाने बताए । उनले सरकार संबिधान सम्मत नबनेको भन्दै सरकार लोकतान्त्रिक समेत नभएको बताए ।
सरकारले नेताहरुलाई जेल हालेर चुनाव जित्ने सपना देखिएको भन्दै एमालेले त्यस्ता सपना देख्नेहरुका टाउकोमा चिसो पानी खनाइदिने बताएका छन् ।
राजनीतिक दललाई बाइपास गरेर दमन गरेर चुनाव नहुने बताउदै ओलीले गृहमन्त्रीले उजुरी हाल्न नगएर नेताहरुलाई कारवाही गर्न खोजेको आरोप लगाए ।
FACEBOOK COMMENTS