काठमाडौ । अफगानिस्तानको तालिवान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकी भारत आइपुगेका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मुत्ताको भारत भ्रमण बारे जानकारी दिएका छन्।
रणधीर जयसवालले भनेका छन्– ’अफगान विदेशमन्त्री अमिर खान मुत्ताकीलाई नयाँ दिल्लीमा स्वागत छ ।
हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्न तत्पर छौं ।
२०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि यो तालिबान सरकारका कुनैपनि मन्त्रीको यो पहिलो भारत भ्रमण हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले संयुक्त राष्ट्र सुरक्षा परिषद् समितिले मुत्ताकीलाई भारत भ्रमण गर्न अनुमति दिएपछि भारत आएको बताएका छन् ।
FACEBOOK COMMENTS