काठमाडौं । इलाम जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS