काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
शनिबार आयोजना गरिएको मोटरसाइकल र्यालीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेपछि शुक्रबार अपराह्न पत्रकार सम्मेलन गरेर युवा संघले निर्णय सच्याउन सरकारलाई २४ घण्टाको समय दिएको हो ।
संघका अध्यक्ष क्षितिज थेबेले विधिको शासन मान्ने पार्टीको कार्यकर्ता भएकाले शनिबारको प्रदर्शन रोकिएको बताए ।
तर, आउँदो आइतबार मोटसाइकल र्याली गर्ने वातावरण बनाउन उनले सरकारको ध्यानाकर्षण गराए ।
उनले शान्तिपूर्ण र्याली गर्न खोज्दा त्यसलाई अनुमति नदिएर सरकारले लोकतन्त्रको धज्जी उडाएको बताए ।
FACEBOOK COMMENTS