काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं, सुकेधारामा रहेको मर्क्योर होटलमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यसका लागि बैंक र होटलविच सम्झौता सम्पन्न भएको हो । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने छन ।
ग्राहकहरुले होटलमा आवास सेवा लिँदा १५ प्रतिशत छुट प्राप्त गर्नुका साथै खाना तथा पेयपदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न पाउने बैंकले जनाएको छ ।
यसका लागि ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने जनाएको छ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS