काठमाडौं, साउन १६ – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीव्र देखिएको छ ।
कोरोना संक्रमितको संख्यामा दैनिक बढेको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा शुक्रबार भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।
योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
FACEBOOK COMMENTS