काठमाडौँ । विल्सन विक्रम राई ९तक्मे बुढा० को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
ट्रेलरमा फिल्मको कथावस्तु, परिवेश र पात्रको संघर्षलाई देखाइएको छ । अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म प्रेम प्राप्तिका लागि गरेको संघर्षमा बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, अनिल सुब्बा लगायतको पनि अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको फिल्मका निर्माताहरू डिबी राई र सरिना लामा राई हुन् । यो फिल्म आगामी कात्तिक ७ गतेबाट प्रदर्शनमा आउँदैछ ।
FACEBOOK COMMENTS