अन्जनराज न्यौपाने तनहुँ,
श्रावण १६- तनहुँका युवा समाजसेवी भरतबहादुर गुरुङले काठमाडौ स्थित सिद्धिगणेश मन्दिर पुन निर्माणको सहयोगार्थ पच्पन्न हजार पाच सय पच्पन्न रुपैया रकम हस्तान्तरण गरेका छन् । तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित ब्यास-४ जलदेवि टोल निवासी गुरुङले विगतका समयमा पनि जिल्लाका विभिन्न स्थानहरूमा अविरल वर्षाकाकारण अकालमा ज्यान गुमाएका ,घाइते भएका र मृतकका परिवारलाई लाखौंलाख सहयोग हस्तान्तरण गरेका थिए।
विभिन्न समयमा बाडीपिडित,दैवीप्रकोपमा परेका पिडित वर्गहरुलाई र भूकम्प पिडितहरुलाई समेत पटक,पटक सहयोग हस्तान्तरण गर्दै आएका छन् । सानै उमेर देखि लगनशील ,परिश्रमी,दुर्दर्शी र मेहनती प्रखर युवा वक्ताकारुपले परिचित गुरुङ कम उमेरमै धेरै दान दिन सफल दानवीरका नामले प्रख्यात छन्।
जिल्लाकै प्रसिद्ध बौद्ध गुम्बामा समेत उनले समय,समयमा लाखौ लाख सहयोग गरेका छन् भने आगामी दिनहरुमा पनि दिन,हिन,दुखि अति विपन्न बर्गका समुदायहरुमा छात्रवृत्ति प्रदान गर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरेका छन्।राज्यले शारीरिक ,मानसिकरुपले अपाङ्गहरुलाई सेवा,सहयोग र समर्थन गरे उनीहरुको जिवनमा नैरास्यता नआउने उनले बताए । ‘हामी जस्ता युवाहरुले हातमा हात काँधमा काध मिलाएर होस्टेमा हैसे गर्दै तन,मन,वचन र धनले लागे देशको चौतर्फी विकास छिट्टै हुन्छ’ उनले बताए । ‘आफ्नो धर्म ,संस्कार रीतिरिवाज ,चालचलन ,भेषभूषा र परम्परागत मुल्यमान्यतालाई आत्मासात गर्दै सेवाबाट जिवनमा सफलता मिल्ने देखेर सकेको सहयोग गरेको हु’समाजसेवी गुरुङले भने।
FACEBOOK COMMENTS