काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महरालाई सुन तस्करीमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतमा मङ्गलबार र बुधबार भएको बयान र थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश जारी भएको हो ।
विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका महरालाई बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले थुनामा पठाउन आदेश जारी गरेकाे हाे ।
यस आदेशसँगै महरालाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ ।
चिनिया तस्करले भेपमा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप छ ।
FACEBOOK COMMENTS