काठमाडौं । सरकारले विभिन्न देशमा यसअघिको सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
चीन,बेलायत,अमेरिका,जर्मनी,साउदी अरेबिया,स्पेन,जापानलगायतका राजदूतहरुलाई कात्तिक २० भित्र फर्किसक्न भनेको छ ।
यीमध्ये जापानका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाका हुन्,उनी तत्कालीन परराष्ट्रमन्त्री डा.आरजु देउवानिकट मानिन्छन् ।
राजनीतिक नियुक्तिकै भारतका लागि नेपाली राजदूत डा.शंकर शर्मालाई भने यथाव राखिएको छ ।
FACEBOOK COMMENTS