काठमाडौं । इजरायलले हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीलाई आइतबार अन्तिम बिदाइ गर्ने भएको छ ।
बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समयअनुसार आइतबार बिहान साढे ९ बजे आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा बिदाइ गर्ने जानकारी दिएको छ ।
फोरमले भनेको छ, ‘इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा शोक मनाउँदै गहिरो शोकमा शिर झुकाउनेछन् । इजरायलमा कृषि अध्ययन गर्न मन पराउने यस विद्यार्थीलाई उनको नेपाल फर्कने अन्तिम यात्रामा साथ दिन र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जनता र मिडियालाई आमन्त्रित गरिएको छ ।’
साथै, इजरायल सरकारले स्थानीय समयअनुसार बिहान १० बजे विपिनको सम्मानमा राज्यस्तरीय स्मृति समारोह आयोजना गर्ने फोरमले जनाएको छ ।
२०२४ को अक्टोबर ७ मा हमासले अपहरण गरेकाे विपिनको शव असोज २७ गते राति इजरायली सेनालाई हस्तान्तरण भएको थियो । साथै, इजराली सेनाले हमासले विपिनको हत्या अपहरण गरेको केही महिनामै गरेको अनुमान गरेको छ ।
FACEBOOK COMMENTS