काठमाडौं, १६ साउन । काठमाडौंमा पछिल्लो २४ घन्टामा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ३० जना प्रहरी प्रहरी छन् ।
चार दिनयता उपत्यकामा ५० भन्दा धेरै संक्रमित भेटिएका छन् । शुक्रबार पाटन अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु समेत भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरी दुई सय २४ संक्रमित थपिएका छन् । सरकारले पहिलोपटक एकैदिन १० हजार भन्दा धेरै परीक्षण गरेको छ । २४ घन्टामा १० हजार सात सय ६८ परीक्षण गरिएको छ ।
उपत्यकामा संक्रमण बढेपछि कडाई सुरु गरिएको छ । साँझ सात बजेदेखि बिहान सात बजेसम्म उपत्यका बाहिरबाट आउन रोक लगाइएको छ । संक्रमण बढ्दै गए उपत्यकामा फेरि लकडाउन गर्ने सरकारको तयारी छ ।
बिहीबार बसेको सिसीएमसीको बैठकमा संक्रमण समुदायमा पुग्ने संकेत देखिएका फेरि लकडाउन गर्ने बारे छलफल भएको थियो । विराटनगर लगायतका स्थानमा संक्रमण बढेपछि फेरि लकडाउन गरिएको छ । सरकारले लकडाउन लगाउने अधिकार सिडिओलाई दिएको छ ।
FACEBOOK COMMENTS