काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज १६.६७ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ०.६७ प्रतिशतले बढेर २,५०३.१७ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम भने घटेको छ । आज दुई अर्ब ७९ करोड रुपैयाँको सेयर खरिदबिक्री भयो । बिहीबार तीन अर्ब २७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज १६३ कम्पनीको सेयरमूल्य बढ्दा ७८ कम्पनीको घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ ।
FACEBOOK COMMENTS