काठमाडौं । देशका केही स्थानमा बुधबार हल्का वर्षाको पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा समेत हल्का वर्षा/हिमपातको पूर्वानुमान छ ।
“भोलि २०८२ कार्तिक ५ गते (बुधबार)का दिन कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” महाशाखाले मंगलबार (कात्तिक ४) बिहान ८ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तर, गोवर्धन पूजा (कात्तिक ५) र भाइटीका (कात्तिक ६)का दिन पश्चिमी वायुको सामान्य प्रभाव रहने पूर्वानुमानसहित महाशाखाले यसअघि तिहार विशेष मौसम बुलेटिन जारी गरेको थियो ।
तिहारमा कुन दिन कस्तो हुनेछ मौसम ?
कुनै स्थानमा २४ घण्टामा १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS