काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । कार्कीले आज चार मन्त्री थप्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको हो ।
प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र सुधा गौतमलाई मन्त्री बनाउने तयारी गरेकी हुन् । चारै जनाको नाम शित्तल निवास पठाइएको र आजै शपथ हुने स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले सुनारलाई श्रम तथा रोजगार, गुप्तालाई युवा तथा खेलकुद, श्रेष्ठलाई पर्यटन र गौतमलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने भएकी छन् ।
हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।
FACEBOOK COMMENTS