काठमाडौं, साउन १८ – भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनप्रतिदिन बढ्दो क्रममा देखिएका छन् । लगातार तेस्रो दिन ५४ हजार भन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् । शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका छन् ।
शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी भाइरसका संक्रमित फेला परेका थिए । शुक्रबार ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् ।
बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।
अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १७ लाख ५१ हजार ९१९ जना पुगेका छन् । मृतक ३७ हजार ४०३ पुगेका छन् । शनिबार ८५२ जनाको ज्यान गएको छ । शुक्रबार ७६४ जनाको ज्यान गएको थियो । बिहीबार ७८३ जनाको ज्यान गएको थियो । बुधबार ७७५ जनाको ज्यान गएको थियो । मंगलबार ७७० जनाको ज्यान गएको थियो ।
हाल ५ लाख ६७ हजार २०५० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ५१ हजार २३२ जनालाई निको भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । गत बिहीबार त्यतिन्जेलको सबैभन्दा बढी ३७ हजार ४२५ जनालाई निको भएको थियो । हालसम्म ११ लाख ४६ हजार ८७९ जनालाई निको भइसकेको छ ।
FACEBOOK COMMENTS