काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठी माताको पूजा आराधाना एवं अर्घ दिएका छन् ।
राष्ट्रपति पौडेलका साथै प्रथम महिला सविता पौडेलले गुहेश्वरी मन्दिरअघि बागमती किनारामा निर्माण गरिएको छठघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।
काठमाडौं उपत्यकाका कमलपोखरी, गुहेश्वरी गौरीघाटलगायत स्थानमा छठ पूजास्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठीमाताको पूजाअर्चना भइरहेको छ ।
विधिवत रुपमा चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन अर्थात् मुख्य दिन आज साँझ तराई–मधेशको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदैछ ।
भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ ।



FACEBOOK COMMENTS