काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
सिटीको जितमा इर्लिंग हलाण्डले २ गोल गरेका थिए भने निको ओ रेइलीले एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि टेलर एडम्सले एक गोल गरेका थिए ।
यो जितपछि म्यानचेस्टर सिटी १० खेलमा १९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बोर्नमाउथको १० खेलमा १८ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।
FACEBOOK COMMENTS